आईपिएम कृषि सहकारी सस्था द्वारा कृषकलाई कृषि सामाग्री वितरणका साथै उत्कृष्ट कृषकलाई पुरस्कृत

उमानाथ भण्डारी

कमल । झापाको कमल गाउँपालिकाका स्थित आईपिएम कृषि सहकारी सस्थाले आज एक कार्यक्रमका बिच सस्थामा आवद्ध कृषकलाई कृषि सामाग्री वितरण गर्नुका साथै उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।

This image has an empty alt attribute; its file name is f5-1024x472.jpg


“आईपिएम कृषि सहकारीको तन मन धन, आलुवालीमा आत्मनिर्भर बनाउने हाम्रो अभियान ” भन्ने नाराका साथ कमल गाउँपालिका वडा नम्वर २ मा सन्चालित आलुको ब्लक कार्यक्रममा आवद्ध कृषक हरमध्ये जानुका मगर, मोहन चुडाल,छोटु हस्दा लगायत १६ जना कृषकलाई सिचाई मोटर र औषधी स्प्रे गर्नका लागी स्पे टंकि प्रदान गरिएको हो ।
आलु ब्लक क्षेत्रका कृषकलाई पहिलो प्राथमिकतामा राखेर कृषि ज्ञानकेन्द्र झापाले ५० प्रतिशत अनुदनमा कृषक लाई कृषि सामाग्री प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निरकमल सिंहले जानकारी दिनुभयो ।
आलु ब्लक कार्यक्रम अन्तरगत उत्कृष्ट कृषक निर्मला अधिकारी,दुर्गा पराजुली,शोभा कट्टेल लगाएत १५ जना कृषकलाई दोसल्ला ओडाएर र कोदालो द्वारा सम्मान गरिएको थियो ।
सहकारीकै कारण आफुहरु यो अवस्था आएको र आज पुरस्कृत हुन पाउदा अत्यान्तै खुशिलागेको पुरस्कृत कृषक फणिन्द्र पौडेलले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is cr5-1024x472.jpg


सहकारीले उत्पादन कार्यमा लागेर कृषि क्षेत्रकै नमुना बनेको छ यसले कृषक लाई आवश्यक पर्ने जैविक मल उत्पादन गर्ने र भण्डारण गर्न सक्ने क्षमता समेत भएको र आज आफ्ना सदस्यलाई कृषि समाग्री समेत वितरण गर्न सफल भएकोमा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सहकारीलाई धन्यवाद दिनुभयो ।

This image has an empty alt attribute; its file name is cf-1024x472.jpg


यसका साथै अव धान ब्याड राख्ने बेलाभएकोले सुचिकृत विउमात्र प्रयोग गर्नपनि अध्यक्ष काफ्लेले कृषकलाई सुझाव दिनुभयो । भोली धान फलेन भन्नुभन्दा आजनै कृषि प्राविधिक हरु सग सल्लाह गरेर सुचिकृत विउको व्याड खाख्नु होस त्यस्तो भएमा भोलि सम्बन्धि निकाय सग कुरागर्न सकिन्छ नत्र केहि हुदैन ।

This image has an empty alt attribute; its file name is e4-1024x472.jpg

यस्तो विसम परिस्थितीमा पनि सस्थामा आवद्ध सदस्यहरुले साथ दिनुभएकोले आज हामी यो कार्यक्रम गर्न सफल भएका र्छौ । बन्दाबन्दीका कारण सामान जुटाउन पनि सस्थालाई धेरै समस्या भयो र पनि कार्यक्रम गर्न सफल भएका छौ । आईपिएम कृषि सहकारी सस्थाका अध्यक्ष याम वहादुर राईले भन्नुभयो
विगत ४ वर्ष देखी लागतर कृषक लाई कृषि कर्म प्रति विभिन्न कार्यक्रम द्वारा साथ सहयोग गर्दै आलुको पकेट क्षेत्र बाट आज आलुको ब्लक सम्म आई पुगेको यस सहकारी सस्थाले कृषिको क्षेत्रमा आमुल परिबर्तन गर्ने दृडईच्छा लिएर अगाडी बढेको सस्थाका सदस्य तथा कृषि प्रविधिकि टंक कट्टेलले बताउनुभयो ।

Back to top button