उमानाथ भण्डारी
कमल । जिल्ला स्तरिय आपुर्ति व्यावस्थापन , अनुगमन,नियन्त्रण समिती द्वारा आज झापाको कमल गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को रोकथार र नियन्त्रणका लागी नेपाल सरकारले गरेको लकडाउनका कारण बजारमा अत्यावश्यक कस्तुको कृतिम अभाव र चर्कोमुल्य वृद्धिर उपभोग्यमिती सकिएका बस्तुको विक्रिवितरण भएको भन्ने जनगुनासो आए पछि आज जिल्ला स्तरिय आपुर्ति व्यावस्थापन , अनुगमन,नियन्त्रण समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा कमल गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ ।
अनुगमनका क्रमममा गाउँपालिका क्षेत्रभित्र व्यापार व्यासाय सन्चालगर्दै आएका व्यावषायीले अखाध्य सामाग्री विक्रिवितरण गरेको, मदिरा र खाद्यसामाग्री एउटै पसल बाट विक्रि गरेको, उपभोग्यमिती समाप्त भएका सामान विक्रि गरेको , लेवल विनाका खाद्यसमान विक्रि गरेको पाईएकोले त्यस्ता पसललाई सांकेतिक रुपमा ५ देखी २० हजार रुपैया सम्म जरिमाना गरेको जिल्ला स्तरिय आपुर्ति व्यावस्थापन , अनुगमन,नियन्त्रण समितीका सदस्य सचिव छविलाल खतिवडाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कमल गाउँपालिका वडा नम्वर २ स्थित ममता किराना तथा भाडा पसल लाई १० हजार रुपैया राजेन्द्र किराना तथा कोल्ड सेन्टरलाई १० हजार, नायक ट्रेडर्स लाई १५ हजार, ,गगनदेव किराना पसललाई लाई २० हजार र दिनेश किराना पसललाई ५ हजार र वडा नम्वर ४ स्थित रिमिक्स बजगाई किराना पसललाई २० हजार, रुपैया जरिमाना गरेको अनुगमन समितीका सदस्य भरतबहादुर पुरीले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नम्वर १ स्थित भैरव सप्लायर्सलाई २० हजार जरिमाना गरिएको छ भने आस्था क्लिनिकलाई लगायत अन्य केहि व्यासायीलाई चेतावनी दिएको समितीले जनाएको छ ।
हामिले व्यवसायी पटक पटक बन्दा बन्दिको मौका छोपेर उपभोग्य मिती समाप्त भएका बस्तुको विक्रि वितरण नगर्न, बजारमा कृतिम अभाव देखाएर मुल्यवृद्धि नगर्न सुझाब दिदैं आईरहेका थियौं तर हाम्रो अनुरोध मान्नु भएको थिएन आज जिल्ला स्तरिय अनुगमन समिती आएर अनुगमन गरेको छ यसले बजारमा धेरै सुधार ल्याउने भएकोले आफुलाई खुशि लागेको क्याम्पा बजार व्यवस्थापन समितीका सचिव दुर्गा अधिकारी बताउनु हुन्छ ।
अनुगमन समितीले कमल गाउँपालिकामा मुख्य बजार क्याम्पा, सरङ्गपाडा, समयगढ, छलफल चोक लगायतका बजारको अनुगमन गरेको थियो । अनुगमन गरिएका पसलको दर्ता नभएका व्यावसायीलाई दर्तागर्न , मुल्य सुचि अनिवार्यराख्नुपर्ने ,सामान खरिदगर्दा र विक्रिगर्दा बिललिने र दिनेगर्न, उपभोक्तालाई गुणस्तर सामनमात्र विक्रिवितरण गर्ने सुझाव दिएको अनुगमन समितीले जनाएको छ ।