उमानाथ भण्डारी
कमल । लकडाउन खुकुलो भएको भन्दै आज झापा कमल गाउँपालिकाका वडा नम्वर ३ स्थित स्थानिय संघ सस्थामा आवद्ध युवाहरु स्वतस्फुर्त बजारमा निस्किएर अत्यावश्य वाएका पसल बन्द गर्नअनुरोध गर्नुका साथै विना कारण बजारमा आएका सवारी साधनलाई समेत सम्झाई बुझाई फर्काएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दै जानु अर्को तर्फ नेपाल सरकारले गरेको लकडाउन खुकुलो हुदै जानुले संक्रमण बढ्न सक्ने खतारा भएकोले स्थानिय कमल उद्योग वाणिज्य संघ, केर्खा बजार व्यवस्थापन समिती , टोल विकास सस्थाको आयोजनामा र स्थानिय प्रशासनको सहकार्यमा निर्धारित समय भन्दा बढी र अत्यावश्यक वाएका पसल नखोल्नाले र विनाकारण बजार निस्किएका सवारीले बजारमा भिडभाड बढाएका कारण बजारमा युवा परिचालन गर्नुृ परेको केर्खा बजार व्यास्थापन समितीका अध्यक्ष अमल श्रेष्ठले बताउनुभयो ।

बजारमा दिनप्रतिदिन भिडभाड बढ्दै जानु जसका कारण कोभिड १९ को संक्रमण बढ्ने सम्भावना उच्च रहेकोले सचेतना मुलक सुचना प्रवाह गर्दै व्यवसायी र सवारी चलकलाई सचेत गराएको स्थानिय समाज सेवी गौरीमान फागोले जानकारी दिनुभयो ।
बजारमा अनावश्यक भिडभाड हुने र व्यवसायीले पनि जथाभाविरुपमा पसल सन्चान गर्नाले कोरोना भाईरस सर्ने सम्भावना बढी भएकोहुँदा र प्रहरी एक्लैने पनि सम्भव नहुने भएकोले स्थानिय संघ सस्था र वडाको समेत सहयोगमा सचेतना मुलक कार्यक्रम गरिएको कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले बताउनु भयो ।
कमल गाउँपालिका वडा नम्वर ३ मा रहेको केर्खा बजार गाउँपालिका कै मुख्य बजारमा पर्छ भने दक्षिणी ईलाममा अवस्थित चुलाचुली गाउँपालिकाका जनाताले पनि यही बजारमा भरपर्नु पर्नु हुन्छ त्यसैले पनि यो बजारमा भिडभाड हुने गर्छ ।
त्यसैले बजारमा हुने भिडभाड कमगर्न स्टे होम , प्रहरी मेरो साथी भन्ने टि सर्ट लगाएर स्थानिय संघ सस्थाका प्रतिनिधी सहित युवाहरुको टोलीले केर्खा बजार मा सचेतना मुलक कार्यक्रम गरेको हो । केर्खा बजार हरेक दिन विहान ८ बजेदेखी दिउसो १२ बजे सम्ममात्र खुल्लाहुने कमल उद्योग वाणिज्य संघले जनाएको छ ।