कोभिड १९ ले छेकेन चुलाचुलीको विकास निर्माणलाई

उमानाथ भण्डारी

कमल । दक्षिणी ईलामको चुलाचुली गाउँपालिकामा विकास निर्माणले तिव्रता पाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९ ) का कारण देशैभर विकास निर्माणको कार्य ठप्प भएको अवस्थामा ईलामको चुलाचुली गाउँपालिकामा भने कुनै प्रभाव परेको छैन ।
सानामसिना योजना सन्चालनगर्नु भन्दा ठुला योजना मात्र सन्चालन गर्ने भनेर पाँचौं गाउँसभाबाट पारित भएका योजनाहरु अहिले लगभग सम्पन्न हुने अवस्थामा पुगेका छन् । विश्वमा नै महामारीकारुपमा फैलिरहेको कोभिड १९को जोखिमलाई मध्यनजर गर्दै सुरक्षीत उपाय अपनाएर गाउँपालिकाकै मेघा प्रोजेक्टका रुपमा रहेको गाउँपालिकाको प्रशासनिक भवन २०७७ कात्तिक मसन्त सम्ममा सम्पन्न गर्ने गरि ठेक्का संझौता भएपनि आगामी २०७७ साल असारमा सम्ममा सम्पन्न भै सक्ने चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is vb-1024x472.jpg


गाउँपालिकाले यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी १५ वटा भवन निर्माणको कार्य सुरु गरेको छ । जस अन्तरगत वडा नम्वर १ मा ७६ लाख ८५ हजारको लागतमा वडाकार्यलयको भवन निर्माणकार्य अन्तिमचरणमा पुगेको छ भने वडा नम्वर ३ मा ७४ लाख ६९ हजार रुपैयाको लागतमा कार्यलय भवन निर्माण हुदैछ । वडाको कार्यलय भवन निर्माण गर्ने क्रममा वडा नम्वर ४ मा ८१ लाख १५ हजार र वडा नम्वर ५ मा ७५ लाख रुपैयाको लागतमा यसै आर्थिक वर्षको अन्त्य सम्मा भवन निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
वडा कार्यलय वाहेक १० लाख ७७ हजार रुपैयाको लागतमा वडा नम्वर ३ मा मिलन क्लवको सामुदायिक भवन, वडा नम्वर ६ मा १६ लाख रुपैयाको लागतमा सगरमाथा आधारभुत विद्यालय र वडा नम्वर १ मा १६ लाख रुपैयाको लागतमा वाल ज्योति माध्यमिक विध्यालयको भवन निर्माण कार्य धमाधम भै रहेको छ भने वडा नम्वर १ र २ को विचमा पर्ने बाघद्वारा खोलामा पुल निर्माणको कार्य समेत भैरहेको छ गाउँपालिकाले जनाएको छ ।
यस आर्थिक वर्षमा गाउँपालिकाले ५३ वटा ठेक्काको गत आर्थिक वर्षमा गाउँपालिकाले पहिलो पटक १ हजार ५ सय मिटर लम्वाईमा कालोपत्रे गरेको थियो भने यस आर्थिक वर्षमा पनि त्यसलाई निरन्तता दिदै आन्तरिक तथा वाह्य श्रोत परिचालन गरेर योजना सम्पन्न गरीने प्रमुख प्रशासकिय अधिकृत राईले जानकारी दिनुभयो ।

Back to top button