१ नम्बर प्रदेशका ट्राफिक प्रमुख दाहालद्धारा झिलझिले पोष्टको निरीक्षण

झिलझिले / स्थानीय बासिन्दाले निर्माण सहयोग गरेको झापाको झिलझिले स्थित ट्राफिक प्रहरी पोष्टको आइतबार १ नम्बर प्रदेश ट्राफिक कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिमबहादुर दाहालले निरिक्षण गरेका छन् ।
उनले हालै निर्माण भएको गोलघरको समेत निरिक्षण गरे । निरिक्षणका क्रममा उनले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिदै कोरोना संक्रमणको जोखिमबाट आफु पनि बच्दै सर्वसाधरणलाई समेत बचाउनका लागि चेतनात्मक काम गर्न अनुरोध गरे ।
उनले सर्वसाधरणलाई सवारी चलाउँदा लापरवाही नगर्न समेत अनुरोध गरे । सानो लापरवाहीले सवारी दुर्घटनाहुने र त्यसबाट अकालमा ज्यान जाने, अंगभंग हुने हुँदा दुर्घटनाबाट बच्न सवारी चलाउदा सतर्कता अपनाउनुपर्ने ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक दाहालले बताए

उनले नियमअनुसार काम गर्ने ट्राफिक प्रहरी कर्मचारीको बढी आलोचना हुने हुँदा यसलाई पाठशालाको रुपमा लिनु पर्ने बताएका छन् । ‘आलोचना स्वभाविक हो । मापसे गर्न पाउनुपर्ने, क्षमता भन्दा बढी मोटर साईकलमा चढ्न पाउनु पर्ने, चालक अनुमती पत्र लिनुनपर्ने, सवारी साधनको दर्ता पुस्तिका नहुदाँ पनि हुनेले आलोचना गर्छन । ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक दाहालले भने, यस्ता आलोचना जो सुकैका आएपनि एक कानले सुनेर अर्को कानले उडाइदिनु पर्छ ।’
ट्राफिक प्रहरी पोष्टका इन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले १ नम्बर प्रदेश कार्यालय ईटहरीका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक दहाललाई पोष्टले गरेका काम कारवाहीका बारेमा जानकारी गराएका थिए । श्रेष्ठले झापामै सर्वाधिक मापसेको कारवाही गरेका थिए । उनी १ नम्बर प्रदेश ट्राफिक प्रहरी कर्यालयबाट समेत पुरस्कृत भएका थिए ।
निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको पनि उपस्थिति थियो ।

Back to top button