नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ द्वारा दमक अस्पताललाई स्वस्थ्य सामग्री प्रदान

कमल । नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ द्वारा दमक अस्पताललाई स्वस्थ्य सामग्री प्रदान गरिएको छ
कोरोना भाईरस (कोभिड १९) विरुद्धको लडाईमा अग्रपङतीमा रहेर काम गर्ने दमक अस्पतालका स्वस्थ्य कर्मिलाई नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ मेचि शाखा र १ नम्बर प्रदेश कार्यसमितीको तर्फ बाट स्वस्थ्य सामग्री प्रदान गरेको हो ।
कार्यक्रमा संघका केन्द्रिय द्वतिय उपाध्यक्ष उमानथा भण्डारी, मेचि शाखा अध्यक्ष दिपेन्द्र निरौला र १ नं प्रदेश अध्यक्ष ऋषिबच्चन यादव ले संयुक्त रुपमा दमक अस्पताल व्यवस्थापन समितीका संयोजक तथा दमक नगरपालिकाका उपाध्यक्ष गिता अधिकारी र अस्पतालका डाक्टर भावेश भट्टराई प्रदान गर्नुभएको थियो ।
कोभिड १९ को लडाई सबै एकजुट भएर लाग्ने बेला आएको छ । यस्तो अवस्थामा व्यवसायी संघले प्रदानगरेको स्वस्थ्य सामाग्री अस्पतालमा कार्यरत स्वस्थ्यकर्मिमा कामगर्न मनोवल बढ्ने दमक अस्पताल व्यवस्थापन समितीका संयोजक तथा दमक नगरपालिकाका उपाध्यक्ष गिता अधिकारीले बताउनु भयो ।
वहाँले स्वस्थ्य सामाग्री जस्लेपायो उस्ले प्रयोग गर्ने भन्दापनि आवश्यकता र प्राथमिकताको आधारमा कोभिड १९ संगको लडाईमा अग्रपंक्तिमा रहेका कामगर्ने स्वस्थ्य कर्मिले प्रयोग गर्दा राम्रो हुने समेत संयोजक अधिकारीले बताउनुभयो
त्यसैगरी कोभिड १९ को लडाईमा अग्रपंक्तिमा रहेर दिनरात खटिनुहुने स्वस्थ्यकर्मिलाई थोरै भएपनि यस्ता सामग्रीले मनोवल बढ्ने र कोभिड १९को लडाईमा थप सशक्त भएन लाग्न प्रेरणा मिल्ने संघका केन्द्रिय द्वतिय उपाध्यक्ष उमानाथ भण्डारीले बताउनु भयो ।
त्यसैगरी पशुपंक्षी औषधी व्यवषयीलाई सरकारले हेर्ने दृष्टिकोण परक भएकोले यसलाई मानिसको औषधी व्यवसायी सरह व्यवहार गर्न १ नं प्रदेश अध्यक्ष ऋषिबच्चन यादवले बताउनु ।
व्यवसायी संघले प्रदान गरिएका सामाग्रीमा N 95 माक्स ६५० थान । लिक्युड हेण्ड वास १० लीटर र मेडिकल एक्जामिनेसन ग्लोव ३ हजार थान प्रदान गरिएको नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ १ नम्बर प्रदेश कार्यसमितीका सचिव अशोक सुवेदीले जानकारी दिनुभयो ।
संघका मेचिशाखा अध्यक्ष दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव विश्वबन्धु बुढाथोकिले सहजीकरण गर्नुभएको थियो ।

Back to top button