कमल । ईलामको चुलचाचुली गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतले गाउँपालिकामा कुनै छलफल नै नगरी आफ्नो एकल निर्णय बाट पालिकाको गतिविधी सन्चालन गर्ने गरेको भन्ने विषयमा केहिदिन अगाडी स्थानिय अनलाईन मिडिया बाट प्रकासित समाचार प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै आज प्रेश विज्ञप्ती निकालेको छ ।
गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई द्वारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा भनिएको छ प्रकाशित समाचारमा कुनै सत्यता नभएको र समाचारमा खुलाईएका श्रोत हरुपनि मनगणन्ते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

