कमल । अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटना को निष्पक्ष छानविनगरी दोषीलाई कानुनी कार्वाहिको माग गर्दै आज झापाको कमल गाउँपालिका स्थित संयुक्त दलित समाज समितीले प्रहरी चौकी केर्खा मार्फत ईलाका प्रशासन कार्यलयलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप हुँदा नवराव वि.क. सहित मृत्यु भएका युवाको घटनाको छानविन र दोषिलाई कार्वाहिको माग गर्दै संयुक्त दलित समाज समिती कमल गाउँपालिकाका तर्फ बाट तयार परिएको ध्यानकर्षण पत्र समितीका अध्यक्ष वसन्त दासद्वारा प्रहरी चौकि केर्खाका ईन्चार्ज राजेन्द्र श्रेष्ठलाई बुझाउनु भएको थियो ।
दुई पक्ष विच झगडा हुँदा केही युवाहरु ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा परि नवराज वि.क. सहित पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन्