लकडाउनमा सिप सिक्दै कमलका महिला

कमल । देशमा लकडाउन भएको ७८ औं दिन भएको छ । यो समयमा अधिकाँस पुरुस होस् वा महिलाले समाजिक संजालमा चलाएर र टिकटक बनाएरै दिन विताएका छन् ।
तर झापाको कमल गाउँपालिका वडा नम्वर ३ का महिलाहरुले भने लकडाउन सिप सिकेर आत्म निर्भर बन्नमा समय सदुपयोग गरिरहनु भएको छ ।
अरुबेला निकै व्यस्त रहने महिला लकडाउन बेपुर्सदिला बनेका छन् । यो समय कतिले समाजिक सन्जालमै दिन कटाई रहेका छन् भने याहाका पहिला सिप सिक्न व्यस्त रहेका छन्
कमल गाउँपालिका ३ स्थित उद्यमशिल महिला जागरण केन्द्रले महिलाको क्षमता अभिवृद्धिका लागी विभिन्न सिपयुक्त तालिक प्रदानगरिरहेको छ । सस्था द्वारा सन्चालित ३ महिले निशुलक् ढाका बुनाई तालिममा आफुले सिकेको सिपलाई अव व्यवहारमा उतार्ने र आफु व्यवसायीक बन्ने प्रशिक्षार्थि बबीता वाग्लेले बताउनुभयो ।
अन्य समयमा अलिधेरै व्यस्त हुन्थे अहिले लकडाउनले गर्दा फुर्सद मिलेको छ । यो समयलाई मैले सिप सिक्नमा सदुपयोग गरे । अब यसलाई व्यवसायिक रुपमा अगाडी बढाउने सोचमा छु । तर हामि जस्ता महिला लाई सुरुको अवस्थामा अलि समस्य हुने गर्छ यसमा अग्रहज हरुको सहयोग पाएमा अवश्य सफलहुने छौ भन्नुहुन्छ सथानिय विमला सेर्पा ।

गाउँपालिकाकामा रहेका विपन्न र पिछडिएका महिलाहरुलाई सिप सिकाएर समाजमा उदारणिय बनाउन र घरको काम सकेपछी फुर्सदको समयलाई सिप सिकेर व्यवसायिक बनाउन का लागी सस्थाले यस्तो तालिम सन्चालन गरेको हो अहिले सम्म सस्थाले विभिन्न विधामागरी ५सय भन्दा बढी महिला लाई तालिम दिएको छ । त्यस मध्ये धेरैले आफ्नै व्यवसाय सन्चालन गर्नुभएको उद्यमशिल महिला जागरण केन्द्रलकी अध्यक्ष शान्ता दाहालले बताउनु भयो ।
तालिम लिएर प्रमाणपत्र सिरानिमा राख्ने होईन आफुले सिकेको सिपलाई व्यवहारमा लागु गर्नुहोस यसैका साथै पछिल्लो समय ढाका बाट निर्मित सामानको बजारमा धेरै माग छ । त्यसैले ढाका सग सम्बवन्ध समान उत्पादन गर्नुृहोस त्यसकालागी आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लले बताउनु भयो ।
लकडाउनको समयलाई त्यतिकै खेर नफालौ यस्तो समय फेरी नआउन सक्छ त्यसैले सकारातमक सोचका साथ सामाजिक दुरी कायम गर्दै फुर्सदको समयलाई केहिन केहि सिप सिक्नमा सदुपयोग गर्नु भयो भने भोलिका दिनमा तपाईलाई सहज हुने छ ।

Back to top button