उमानाथ भण्डारी
कमल ।झापा निर्वाचन क्षेत्र नं. ५ (१) का प्रदेश सांसद अर्जुन राई द्वारा आज झापाको कमल गाउँपालिकामा सञ्चालिन विभिन्न योजनाको अनुगमन गर्नु भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र विकास विशेष कार्यक्रम अन्तरगत आफ्नो निर्वाचन क्षेत्रमा सन्चालनमा रहेका योजना अनुगमन गर्नेक्रममा आज कमल गाउँपालिकाका सञ्चालित योजनाको राई सहित प्रधानमन्त्रीका स्वकिय सचिवालय सदस्य होम थापा, कमल गाउँपालिका वडा नम्वर ५का वडा अध्यक्ष डम्वर बहादुर निरौला लगाएतको टोलिने अनुगमन गरेको हो ।

अनुगमन गरिएका योजना अन्तरगत कमल गाउँपालिका वडा नम्वर ५ स्थित समाधि स्थल जाने ठाउँमा ५० लाख रुपैयाको लागतमा निर्माण हुँदैगरेका पक्कि पुल, वडा नम्वर ५ मा २५ लाख रुपैयामो लागतमा निर्माणाधिन वडा कार्यलय भवन र वडा नम्वर ७ मा २५ लाख रुपैयामो लागतमा निर्माण सम्पन्न भएको वडा कार्यलय भवनको अनुगमन गर्नुभएको हो ।
त्यसैगरी वडा नम्वर ५ मो स्वर्गिक मार्गमा ८ लाख रुपैयाको लागतमा कम्पाउण्डवाल, वडा नम्वर ७ स्थित सिंहदेवि आधारभुत विध्यालयमा ७ लाख रुपैयाको लागमा ट्रष्ट र कम्पाउण्डवाल लगायतका योजना अनुगमन गर्नु भर्नु भएको हो ।