कमल । कमलनगर जेसीजले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरुलाई आज एक कार्यक्रमका विच स्वस्थ्य सामाग्री प्रदान गरेको छ ।
कमल गाउँपालिका भित्रका सुरक्षाकर्मीहरुलाई कमल गाउँपालिका ३ स्थित केरखा प्रहरी चौकीमा स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

प्रहरी चौकी क्याम्पा, केरखा र पाडाजुङीमा सुरक्षार्थ खटिनुभएका सुरक्षाकर्मीलाई एन ९५ मास्क, सर्जिकल मास्क, फेसियल मास्क र सेनिटाइजर कमल नगरजेसिजका सस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपाने, २०१८ का अध्यक्ष जेसी केदार कटुवालले सुरक्षा कर्मिलाई प्रदान गर्नु भएको थियो ।

यस्तो विषम परिस्थितमिा दिन रात खटिनु भएका सुरक्षा कर्मिलाई थोरै भएपनि स्वस्थ्यमा सहयोग पुगोस भन्ने उद्येश्यले स्वस्थ्य सामाग्री प्रदान गरिएको कमलनगर जेसीजका अध्यक्ष जेसी हेम दाहालले जानकारी दिनुभयो ।