कमल गाउँपालिकाको सातौ गाउँसभा सुरु

कुल ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत

उमानाथ भण्डारी

कमल ÷ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले संघ र प्रदेश बाट पनि महत्वपुर्ण परियोजना र बजेट यस गाउँपालिका विनियोजन भएको बताउनु भयो छ ।
झापाको कमल गाउँपालिकाकोे बुधबार शुरु सातौ गाउँसभाको उद्घाटन पछि आफ्नो शुभकामना मन्तव्यका क्रममा मन्त्री कार्किले यस्तो बताउनुभएको हो ।

This image has an empty alt attribute; its file name is df-1-1024x472.jpg


कमल गाउँपालिका झापाका गाउँपालिका मध्ये र कतिपय नगरपालिका भन्दा ठुलो जनसंख्या र क्षेत्रअधिकार भएको गाउँपलिकामा पर्छ । त्यसैले पनि यस गाउपालिकामा योजना र बजेट परेको मन्त्री कार्किले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 123-1024x472.jpg


सातौ गाउँसभा बाट बजेटको उचित व्यवस्था, नितिगत व्यवस्था र जनशक्ति व्यवस्था सम्पुर्ण रुपले सफता मिलोस भन्ने समेत शुभकामना दिनुभएको थियो ।

This image has an empty alt attribute; its file name is 1400-1024x472.jpg

मन्त्री कार्किले आगामी २ वर्ष भित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा रहेका पूर्वाधार निर्माणको काम पूरा गरिने बताउनु भयो । तीन वर्षको अवधीमा कानून निर्माण, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको भन्दै अबको २ वर्षमा बाँकि रहेका काम पूरा गर्ने मन्त्री कार्किले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is zx-1024x472.jpg
This image has an empty alt attribute; its file name is su-1024x683.jpg


कोभिड १९ का कारण हामीलाई ठुलो चुनौती का साथै जिम्मेवारी रहेको छ जनतालाई कसरि स्वस्थ्य राख्ने त्यतिमात्र होईन दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवार लाई पनि कसरी व्यवस्थन गर्ने भन्ने पनि चुनौती रहेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 67-1024x472.jpg


आजको दिन हामी गाउँपालिकाले एक वर्षसम्म गर्ने कार्यक्रमको मार्ग निर्देशन गर्दै छै । कोभिड १९ को यस्तो विषम परिस्थितीमा समेत हामी गाउँसभा सम्पन्नगर्न लागेको बताउदै प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is yui-1024x472.jpg

गाउँपालिकाको सातौं गाउसभामा प्रप्तुत निती तथा कार्यक्रमले गुणस्तरिय सेवा प्रदान गर्दै विकास प्रति नागरिकको अपनत्व ग्रहण गर्दै शुसासनको प्रत्याभुती गर्दै सम्वृद्ध नेपाल सुखी नेपालीको सपना साहाकार पार्न सहयोग पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताउनुभयो
गाउँपालिकाले वडा नम्वर ३ स्थित शहिदधर्मभक्त मा.वि.को भवनलाई क्वरेन्टाईनको व्यवस्थागरी देश बाहिर बाट आउन कमलवासी नागरिकलाई सुरक्षित साथ राखेर कोभिड १९ बाट जोगाउन हरप्रयास गरिसहेको समेत उपाध्यक्ष सिवाकोटीले बताउनुभयो

This image has an empty alt attribute; its file name is dc-1024x472.jpg


वगतवर्षको प्रस्तुत गरिएको नितीतथा कार्यक्रममा गाउँसभा बाट पारित गरिएका योजना समयमा सक्ने भनेका थियौ तर कोभिड १९ का कारण सम्मन हुन सकेनन् तर पनि हामी समयमा समपन्न गर्नेतर्फ लागेका छौ । स्थानिय सरकार संग प्रदेश र संघिय सरकारको समन्वय नहुदा धेरै समस्य आएको छ । नदि नियन्त्र का लागी स्थानिय तहले प्रस्ताव गरेका योजना वर्षातका कारण काम हुन सक्दैन भन्ने जवफ पार्यौ तर अहिले तिनै काम संघ र प्रशेद बाट भैरहेको हुँदा संघ र प्रदेश समन्वयको अभाव रहेको उपाध्यक्ष सिकाकोटीले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 789-1024x472.jpg


गाउँपालिकाको सातौ गाउँसभामा आगामी आर्थिक वर्षका लागि ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको अनमानित आय–व्यय (बजेट) प्रस्तुत गरीएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत गरिएका कर्मचारी मध्ये दुर्गादेबी ढुंगेललाई सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्पन्न पत्र सहित नगद ३० हजार रुपैया प्रदान गरिएको थियो ।

This image has an empty alt attribute; its file name is aq2-1024x472.jpg

त्यसैगरी उत्कृष्ट कर्मचारी बाबुराम थुलुङ, दूर्गा कार्की, गौरीशंकर ओली र सुवाश दाहाललाई नगद ५ हजार सहित सम्मान पत्र द्वारा उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।भने कार्यलय सहयोगी मोहन अघोरी लाई मृत्युपर्यान्त सम्मान गरीएको थियो

Back to top button