उमानाथ भण्डारी
कमल । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा सन्चालीत स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत सन्चालित योजना मध्ये केहि योजना सम्पन्न भएका छन् भने कोभिड १९ का कारण कुनै योजनाको निर्माण कार्य धमाधम भेरहेको छ ।
छनौट भएर काम सुरुगरेका योजना मध्ये कमल गाउँपालिकाको क्याम्पा चोक समयगढ सडक खण्ड ढ्याग्रे खोलामा बाढीका कारण वर्षेनी समस्या भोग्दै आउका स्थानिय बासिको समस्यालाई समाधान गर्न ९० लाख रुपैयाको लाग

तमा ढ्याग्रे खोलामा अधुरु पक्की पुल निर्माणको काम धमाधम हुदै छ ।
गेउरिया खोलामा आउने बाढीका कारण वर्षेनी धेरैले धनजनको क्षती व्यहोर्नु परेको थियो । यस दिर्घकालिन समाधानकालागी ६९ लाख ३५ हजार रुपैयाको लागतमा गेउरिया खोलामा पक्कि पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
साविक तोपगाछी र लखनपुरको सिमानामा हाल कमल गाउँपालिकाको वडा नम्वर ४ र ५ को सिमानामा पर्ने सितापुरी जिवन चोक सडकको १० लाख रुपैयाको लागतमा स्तर उन्नती गर्नेका सम्पन्न भएको प्रधानमन्त्रीका स्वकिय सचिवालय सदस्य होम थापाले जानकारी दिनुभयो ।
यस क्षेत्रका जनताको स्वस्थ्यलाई ध्यान दिदै दमकमा रहेको रेडक्रस भवनमा मुटुरोग उपचार केन्द्र सन्चालन गर्नकालागी ९९ लाख रुपैयाको लागतमा मुटुरोग उपचार केन्द्रको काम सम्पन्न भएको छ ।
त्यसैगरी दमक गरपालिकामा रहेका अति विपन्न परिवारका लागी आवास योजना अन्तरगत १ करोड ४९ लाख ३५ हजार रुपैयाको लागतमा विपन्न आवास कार्यक्र अन्तरगत भवन निर्माणको काम सम्पन्न भएको छ । भने नगरपालिकाको वडा नम्वर ९ मा १४ लाख रुपैयको लागतमा अनाथ वृद्धाआश्रम किचन तथा धेरावाराको काम सम्पन्न भएको थापाले बताउनु भयो ।
त्यसैगरी सोही कार्यक्रम अन्तरगत गौरादह नगरपालिका वडा नम्वर ५ मा रहेको बालुबथान बजारमको स्तरउन्नती गदै व्यवस्थित बजार निर्माणका लागी ३४ लाख रुपैयाको लागतमा ढलनिकास ,टहरा निर्माण, बल्क ओछ्याउन र शौचालय निर्माणको काम समते सम्पन्न भएको छ । भने सोहि वडामा ३४ लाख रुपैयाको लागतमा सिता चोक उत्तर कल्भट निर्माणको काम सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्वर ४ मा ३४ लाख रुपैयाको लागतमा मनकामना जाने सडकको दामुना खोलामा कलभट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने वडा नम्वर ६ मा १४ लाख रुपैयाको लागतमा सिंह डुम्बामा कल्भट निर्माणकाम समेत भेरहेको छ ।
जिल्लाकै पश्चिम दक्षिण रहेको गौरिगंज गाउँपालिकाका जनतालाई सडक सन्जाल सँग जोड्दै त्यस क्षेत्रका नागरिको जिवन स्तर उकास्नका लागी गाउँपालिकाको वडा ६ मा १५ लाख रुपैयाको लागतमा सुविधा सम्मपन्न बस पार्क निर्माणको कार्य धमाधम भैरहेको छ भने गौरिगंज गाउँपालिकाको वडा नम्वर ५ र ६ का विपन्न वर्गका परिवारका लागी ३४ लाख रुपैयाको लागतमा आवास निर्माणको काम चालु अवस्थामा रहेको थापापाले जानकारी दिनुभयो ।