कमल । कमलनगर जेसिजको आयोजनामा कमल गाउँपालिकामा रहेका माध्यमिक विध्यालय स्तरिय बक्तृत्वकाला प्रतियोगीता सम्पन्न भएको छ ।
‘परिवर्तनका लागि सकारात्मक सोच’ विषयक कमल गाउँपालिकाका अन्तरगत रहेका माध्यामिक विध्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा अनलाइन भिडियो मार्फत प्रतियोगिता आयोजना गरिएको थियो । त्यस मध्ये उत्कृष्ट १० विद्यार्थी बिच दोश्रो चरणको प्रतियोगिता आयोजना गरिएको कमल नगर जेसिजका महासचिव जेसि गोपाल खनालले जानकारी दिनुभयो ।
बत्तृmत्वकाला प्रतियोगितामा कमल ५ स्थित मंगलमय माविकी छात्रा रञ्जना बस्नेत प्रथम। कमल ४ स्थित सरस्वती माविकी छात्रा आयुष्मा सोडारी द्वतिय कमल २ स्थित कमला मदन आश्रित माविकी छात्रा सेवीका पराजुलीले तृतिय हुनुभएको छ ।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कमलगाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, नेपाल शिक्षक महासंघ कमल अध्यक्ष हिम प्रसाद दाहाल, एन प्याब्सन अध्यक्ष हजेन्द्र बस्नेत र शैक्षिक संवाद समिति अध्यक्ष मोहन कुमार बगालेले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सोअवसरमा कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले यस्तो विषम परिस्थितिमा पनि लकडाउनको समयलाई सदुपयोग गर्दै घरमा खालि बसिरहेका विद्यार्थी भाइबहिनिहरुको हौसला बढाउन र उनिहरुको बौद्धिक क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउने भन्दै कमलनगर जेसीजलाई धन्यावाद दिनुभयो ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा पुरुषोत्तम गौतम र सुधा सुब्बा रहनुभएको थियो । प्रतियोगितामा ७ वटा विद्यालयका १० जना विद्याथीर्ले सहभागिता जनाउनु भएको थियो ।