उमानाथ भण्डारी
कमल ÷ झापाको कमल गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७७÷ ०७८ कालागी कुल ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको बजेट पारितगरेको छ ।
गत असार ११ सातौ गाउँसभा पेश गरिएको निति कार्यक्रम तथा बजेट आज बसेको गाउँसभाले सर्व सम्मत पारित गरेको हो ।
परित गरिएको बजेट मध्ये पुर्वाधार विकास तर्फ २४ करोड ६७ लाख ६१ हजार ७९९ रुपैया यो रकम कुल बजेटको ३० दशमलव १५ प्रतिशत हो । त्यसैगरी अर्थिक विकास तर्फ ४ करोड ४७ लाख ६० हजार रुपैया विनियनेजन गरिएको छ यो रकम कुल बजेटको ५ दशमलव ४६ प्रतिशत हो ।

त्यसैगरी सामाजिक विकास तर्फ २० करोड ५७ लाख ६० हजार रुपैया विनियनेजन गरिएको छ । यो रकम कुल बजेटको २५ दशमलव १४ प्रतिशत हो भने वातावरण तथा विपद व्यवस्थापन तर्फ ६६ लाख रुपैया विनियोजन गरेको छ । यो कुल रकमको शुन्य दशमलव ८० प्रतिशत हो भने सस्थागत क्षमता विकास तर्फ ८ करोड १३ लाख ६५ हजार रुपैया बजेट विनियनेजन गरेको छ । यो रकम कुल बजेटको ९ दशमलव ९४ प्रतिशत रहेको बजेट सर्व सम्मत पारित गरेको छ ।
बजेट पासगर्नु पहिले निति तथा कार्यक्रम पास गरिएको थियो । त्य पछि वडाअध्यक्षले आ आफ्नो वडामा विनियोजित बजेट माथि संसोधन सहित सुझाव राख्नुभएको थियो
पारित गरिएको बजेट कृषिमा आधारित हुनुका साथै भुभि बैकको व्यवस्था गर्ने लक्ष लिएकोछ । उत्पादनमा केन्द्रित बजेटले युवालाई स्वरोजगार बनाउन मद्दत पुग्ने छ भने एक वाड एक उत्पादन लाई बजेटले प्राथमिकता दिएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।

त्यसैगरी प्रविधिक शिक्षा अध्यायन गर्न चाहानेलाई छात्रवृति,विपन्न परिवारलाई स्वस्थ्य विमा,विपन्न गाईपाल्ने कृषकलाई कोरली वाछी ,आलु व्लक क्षेत्रलर्ई विस्तार, बंगुरको पकेट क्षेत्र विस्तार,माछाका भुरा वितरण,वालि शिविर संचालन जस्ता कार्यक्रमलाई निति कार्यक्रम तथा बजेटमा समेटीएको अध्यक्ष काफ्लेले बताउनुभयो ।
त्यसै गरी गाउँपालिकाका उपाध्यक्ष तथा न्ययिक समिती संयोजक बेनु सिवाकोटीले आर्थिक वर्ष भित्र न्ययिक समितमिा परेका उजुरी र उजुरीमाथी गरिएको छानविन र फैसालाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।