कमल ÷ कमल गाउँपालिकाको आर्थिक सहयोग तथा कमल अपांगता समितिको समन्वयमा आईतवार एक कार्यक्रमका बिच सहायक सामाग्री वितरण गरिएको छ ।
गाउँपालिकामा बसोबास गर्ने अपाङ्गता भएका २४ जना व्याक्तिलाई दैनिक जीवन निर्वाहका लागि आवश्यकपर्ने सहायक सामाग्री कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बितरण गर्नुभएको थियो ।

वितरण गरिएको समाग्रीमा ६ थान ह्वीलचेयर, ३ थान बिशेष ह्वीलचेयर, हेयररिङ्गेट, ह्वाइट क्यान, बैशाकी, एल्बोकर्चेज लगायतका सामाग्रीहरू हस्तान्तरण गरिएको थियोे।

कमल अपाङ्गता समितिका अध्यक्ष मृगेन्द्र कुमार कार्की ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, बिशेष अतिथि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं. १ अध्यक्ष पार्वता श्रेष्ठ, अतिथी कमल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवाश श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, २ नम्वर वडा अध्यक्ष तारानाथ न्यौपाने, ४ नम्वर वडा अध्यक्ष प्रेम बहादुर राई लगाएको उपस्थिती रहेको थियो ।

उपस्थित अतिथी तथा सहभागीलाई कमल अपांगता समितिका उपाध्यक्ष टंक बरालले शाब्दिक शब्दले स्वगत गर्नु भएको थियो भने महिला तथा बालबालिका शाखा कर्मचारी प्रकाश बास्कोटाल कार्यक्रम संचालन गर्नु भएको थियो।