कमल । झापाको कमल गाउँपालिका स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय सरकारले नमुना विकासकालागी छानौट गरेका देशभरका एकसय विद्यालयमा पर्न सफल भएको छ ।
सरकारले विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशभरबाट एकसय वटा नमुना विद्यालय छनोट गरेको थियो जस मध्ये कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय नमुना विकासका लागि छनोटमा परेको विध्यालयका प्रधान अध्यापक हिमप्रसाद दाहालले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।
‘प्रस्तुत विषयमा यस केन्द्रबाट आर्थिक वर्ष २०७६र०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालयहरू नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आह्वान गरिएअनुसार आवेदन गरेका विद्यालयहरू मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७र३र३१ को निर्णय अुसार देशभर बाट १०० वटा विद्यालयहरू छनोट भएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जारी गरेको विज्ञप्तिमा उललेख गरिएको छ ।