कमल । कमल गाउँपालिकाका सातैवटा वडा बाट आधारभुत स्वस्थ्य सेवा केन्द्र मार्फत स्वस्थ्य सेवा सुरु भएको छ ।
जनतालाई सहज र सुलभ रुपमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्येश्यले सबै वडामा आधारभुत स्वस्थ्य सेवा केन्द्र स्थापना गरि सेवा सन्चालनमा ल्याईएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।

अहिले आफ्नै भवन नभएपनि घर भाडामा लिएर आधारभुत स्वस्थ्य सेवा केन्द्र मार्फत जनतालाई स्वस्थ्य सेवादिन सुरुगरेका छौ ।यसै आर्थिक वर्षको अन्त्य सम्ममा हामि आफ्नै भवन बाट स्वस्थ्य सेवा दिने गरि काम गरिरहेको समेत अध्यक्ष काफ्लेले बताउनुभयो ।