एन आई सी एशिया बैंकको सुपर चमत्कारिक योजना

उमानाथ भण्डारी

कमल । एन आई सी बैक दमक शाखाले आज पत्रकार सम्मेल गरी आफ्ना विभिन्न योजनाका बारेमा जानकारी गराएको छ ।
पत्रकारमञ्च दमकको सभाहलमा भएको कार्यक्रममा ८ दशमलव २५ प्रतिशत व्याजदरमा शुन्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा एन आई सी एशिया बैंकको घर,सवारी र व्यवसाय कर्जाको आकर्षक योजनाका रहेको बैकले जनाएको छ ।
“बैक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि ” भन्ने नाराका साथ लाखौं ग्राहाको मन जित्न सफल बैंकले ग्रहाकका निम्ति अतुलनिय र असीमित सुविधाहरुले भरिपुर्ण नयाँ योजनाहरु अन्तरग सुपर चमत्मारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाका योजना बारे बैकका उपक्षेत्रिय कार्यलय प्रमुख डेनराज सुब्बाले जानकारी दिनुभयो
सुपर चमत्कारी घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण ,घर निर्माण गर्नका लागी जग्गा खरिद सुविधा दिन चाहानुहुने ग्रहाक महानुभावहरुले लाभलिन सक्नु हुने छ । न्युनतम ५ वर्ष देखी अधिकतम ३० वर्ष समयावधी रहने छ ।
कर्जा लिन चाहानुहुने ग्राहाकले १ करोड ५० लाखसम्म कर्जा सिमा कायम गरिएको छ र लिएको कर्जाको व्याज एक वर्ष सम्म घटबड नहुने प्रमुख डेनराज सुब्बाले जानकारी दिनुभयो
जनमानसले गरेको प्रगाढ विश्वस अगाध स्नेह र बै.कप्रतिको भरोसाका कारण मुलुकभर ३२६ शाखा कार्यलय, ४६४ एटिएम, १०१ बटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखा तथा २१ लाख भन्दा बढी ग्रहाक रहेको बैकले मुलुकभरकै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैक हो ।

Back to top button