कमल गाउँपालिकामा एक जना पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको छ

उमानाथ भण्डारी

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको क्वारेन्टाईनमा रहेका एक जना पुरुषमा कोभिड १९ पोजेटिभ फेला परेको छ ।
साउदी बाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ५ का ३४ वर्षिय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले अहिले सम्ममा २ सय २३ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो । यस अघि गाउँपालिकाको वडा नम्वर १ मा कोभिड १९ पोजेटिभ देखिएका पुरुस स्वस्थ्य भएर घर फर्कि सक्नु भएको प्रमुख थुलुङ्गले बताउनु भयो ।

Back to top button