कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवद्ध कामदारले फिल्डमै आफ्नो पारश्रमीक पाएका छन् ।
आर्थिक वर्ष २०७६। ०७७ मा स्वरोजगार कार्यक्रममा आवद्ध कामदारलाई बैकका कर्मचारीले कामदार भएकै स्थानमा आएर ज्याला वापतको रकम भुक्तानि गरेको हो ।
कामदारलाई आफुले गरेको श्रमको पारश्रमीक बैंक मार्फत भुक्तानी दिन सजीलो हुनेभएकोले केहिदिन अगाडी बैकका कर्मचारी फिल्डमा फिल्डमा आएर बैंक खाता खोलेको थियो ।

गाउँपालिकामा स्वरोजगार कार्यक्रम अन्तरगत ३ वडा आयोजना सन्चालन भएका थिए । जस अन्तरगत वडा नम्वर २ मा गाउँपालिकाको कम्पाउण्ड वाल, वाड नम्वर २ र ५ मा खानेपानिको पाईप लाईन विस्तार गरिएको थियो । त्यस्ता आयोजनामा कामगर्ने कामदारलाई काम गरेकै स्थानमा बैकका कर्मचारी आएर उनिहरुको पारश्रमकि बापतको रकम भुक्तनिगरेको कमल गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिनुभयो
आर्थिक वर्ष २०७६। ०७७ मा कमल गाउँपालिकामा महिला ४३ जना र पुरुष ३४ जना गरि जम्मा ७७ जनाले ले रोजगार पाउनु भएको थियो । जसमा दक्ष २ जना र अदक्ष ७५ जना रहको संयोजक तिवारीले बताउनुभयो ।
कार्यक्रममा अधिकतम रोजगारी दिन २८ र न्युनतम ३ दिन रहेको छ ।जसमा औषत रोजगारी दिन २० दशमलव १६ रहेको छ भने प्रतिव्यात्ति आय ११ हजार १४२ रुपैया रहेको छ ।