कमल । अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा डिपिएल युथ टिम कमल ले कोरोना भाईरस सम्बन्धि जनसेचेतना मूलक कार्यक्रम गरेको छ ।
युथ टिमले नेपाल प्रहरी र ट्राफिक प्रहरी को सहकार्यमा कमल गाउँपालिकाका विभिन्न बजारमा पुगेर व्यवसायीलाई कोभिड १९ बाट सुरक्षीत रहने उपाय बारे जानकारी गराउदै ७०० थान सर्जिकल माक्स तथा पन्जा बितरण गरेको डिपिएल युथ टिम कमलका अध्यक्ष राजन चापागाईले जानकारी दिनुभयो ।
टिमले कमल गाउँपालिकाको पाडाजुगि बजारमा डिपिएल राष्ट्रिय टिम अध्यक्ष बिनोद उप्रेती ,उपाध्यक्ष दिनेशजङ्ग खडका , डिपिएल दमक अध्यक्ष आशिष न्यौपाने सदस्य बिपिन आचार्य , समाजसेवी लक्ष्मि खतिवाडा र ईलाका प्रहरी दमकका प्रहरी तथा ट्राफिक प्रहरी सहितको उपस्थितिमा माक्स तथा ग्लोव वितरण गरिएको थियो ।

त्यसैगरी केर्खा बजारमा डिपिएल युथ कमलका उपाध्यक्ष सन्जु निरौला र सदस्य रुदिना भट्टराई जनप्रतिनिधि चक्रबहादुर गुरुङ , समाजसेवी व्यक्तित्व बदि साम्पाङ राई, छत्रहाङ फागो , गौरा चापागाई , बिरेन्द्र अधिकारी , केर्खा प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक राजेस कुमार श्रेष्ठ , ट्राफिक प्रहरी सहायक निरीक्षक भोलानाथ यादव लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष चापागाईले बताउनुभयो ।

युथ टिमले क्याम्पा बजारमा डिपिएल युथ कमलका सदस्य सविन घिमिरेको संयोजनमा, उपाध्यक्ष आशिष लेछर्बाे,सहसचिव पुजा राई , सदस्य बिशु लिम्बू , सन्दिप अधिकारी राजकुमार मण्डल , ईस्वर ढकाल , प्रितिका सुबेदी लगायतको उपस्थितिमा कार्यक्रम भएको सचिव अर्जुन गुरुङले जानकारी दिनुभयो ।
आगामि दिनमा सामाजिक गतिविधिका साथै अन्य रचनात्मक गतिविधि गर्दै समाज रुपान्तरणमा सकृय बन्ने डिपिएल युथ कमलकोले जनाएको छ ।