कमल । कमल गाउँपालिकाको आज बसेको कार्यपालिका वैठकले निषेधाज्ञा थप गर्नका लागी जिल्ला प्रशासन कार्यलय झापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
गाउँपालिकामा पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नकालागी अगामी २०७७ साल भदौ २० गते राती १२ं.०० बजे सम्म निषेधाज्ञाको समय थप गर्नुपर्ने भएकोले सोहि अनुसार जिल्ला प्रशासन कार्यलय झापालाई सिफारिस गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
निषेधाज्ञाका समयमा गाउँपािलकाको वडा नम्वर ३ केर्खामा कुनै पनि पसल खोल्लन पाईने छैन भन्ने अन्यक्षेत्रमा विहान ९ बजे सम्ममात्र खुल्ला रहने छ ।
