कमल । झापाको कमल गाउँपालिकाले फलफुलका विरुवा रोपेर १७ अौं निजामति सेवा दिवस मनाएको छ ।
देशभर १७ अौं निजामति सेवा दिवस विभिन्न कार्यक्रमगरी मनाईरहँदा कमल गाउँपालिकाले भने विभिन्न जातका फफुलका विरुवा रोपेर निजामति सेवा दिवस मनाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको कार्यलय परिसरमा आप, लिच्चि, अम्बा र मेवा गरि एक सय थान विरूवा रोपेर निजामति सेवा दिवस मनाईएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।



