कमल गाउँपालिकामा एक साता भित्र कोभिड १९ अस्पताल सञ्चालनमा आउने

उमानाथ भण्डारी

कमल । कमल गाउँपालिका द्वारा निर्माणाधिन अवस्थामा रहेको अस्थाई कोभिड १९ अस्पताल असोज दोश्रो साता सम्ममा सञ्चालनमा आउने भएको छ ।
गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माण गर्दै गरेको कोभिड १९ अस्पतालको निर्माणकार्यको सम्पुर्ण काम सम्पन्न भएको तर विद्युतको काम भैरहेकोले यही असोज दोश्रो साता देखी अस्पताल सञ्चालनमा आउने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is p.jpg


निर्माणाधिन अस्पताल तत्काल ५ वेडको आईसोलेसन सहित सञ्चालनमा आउने र तिन महिना पछि कार्यप्रगतीको आधारमा थप गर्दै लगीने छ । हाल गाउँपलिकाको वडा नम्वर ३ मा रहेको क्वारेन्टाईन समेत यसै अस्पताल बाट सञ्चालन गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is es-1024x472.jpg


नेपाल सरकारले अस्पताल नभएका स्थानिय तहमा न्युनतम ५ वेडको कोभिड १९ अस्पताल सञ्चलनगर्ने निर्देशन भए अनुसार कमल गाउँपालिकाले प्रदेश नम्वर १ मा सबै भन्दा पहिले अस्पताल सञ्चालनमा ल्याउन लागेको गाउँपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनकालागी तत्काल एमविविएस डाक्टर १ जना स्टाफ नर्स २ जना र कार्यलय सहयोगी १ जना नियुक्ति भैसकेको र आवश्यक परेमा गाउँपालिकाले थप कर्मचारी परिचालन गर्ने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button