उमानाथ भण्डारी
कमल । कमल गाउँपालिका वडा ५ मा रहेको साधुहोलि तथा सिमसार क्षेत्रको अनुगमन तथा निरीक्षण गरिएको छ ।
कमल गाउँपालिकाको गौरवको योजनामा रहेको साधुहोलि तथा सिमसारक्षेत्रको प्रवर्धन र संम्वर्धनगर्दै यस क्षेत्रको भावि पर्यटन विकास, रतुवा खोला नदि नियन्त्रण चाँजु खोला देखि साधुहोलि जाने झोलुङ्गे पुल निर्माण टुक्रे वस्ति व्यवस्थापन लगायत विविध विषयमा अनुगमन टोलि विच छलफल भएको सम्माननीय प्रधानमन्त्रिका प्रमुख स्वकिय सचिव ईन्द्र भण्डारिले बताउनुभयो ।
एक स्थानिय तह एक गन्तव्य स्थान अन्तरगत यो क्षेत्र पर्ने भएकोले यस क्षेत्रको विकासकालागी गाउँपालिका लागी परेको छ । यसक्षेत्रको विकासका लागी गाउँपालिकाले संघिय सरकार समक्ष ५ करोड रुपैयाको गुरु योजना सहित प्रस्ताव पेश गरेको कमल गाउँपालिकाले उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिनुभयो ।

याहाँ पानिको राम्रो श्रोत छ । गत वर्ष गाउँपालिको तर्फ बाट पानीको संरक्षण गरेका थियौं । अव त्यो पोखरीको वरीपरि सडक बनाउने योजनामा रहेको उपाध्यक्ष सिवाकोटीले बताउनु भयो । वहाँका अनुसार चाँजु खोलाले छोडेको जमिन प्रयोग गर्ने विषयमा स्थानिय वासि बिच सहमति भएकोले यो क्षेत्रमा गाउँपालिकाले प्रयोग गर्नेगरी प्रशस्त मात्रामा खालि जमिन भएकोले यस क्षेत्रको विकासको संभावन धेरै रहेको सिवाकोटीले बताउनुभयो ।
यो ऐतिहासिक क्षेत्र भएकोले यसक्षेत्रमा साधुका मुर्ति राख्नुका साथै आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरन्जन दिने खालका भ्यु टावर,वोटिङ्ग, स्वमिङ्ग सहितको पिकनिक स्पोर्ट का साथै सभा सम्मेलन गर्नका लागी अत्याधुनिक सुविधा सम्मपन्न सभाहल समेत निर्माण गर्ने गरी डिपिआर तयार गरिएको कमल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
यसक्षेत्रको विकासका लागी गाउँपालिकाको तर्फ बाट १ करोड ५० लाख र प्रदेश सरकार बाट ४० लाख रुपैया विनियोजन भैसकेको समेत अधिकृत श्रेष्ठले बताउनुभयो ।
अनुगमन टोलीमा सम्माननीय प्रधानमन्त्रिका प्रमुख स्वकिय सचिव ईन्द्र भण्डारि,प्रदेश नम्वर १ का माननिय अर्जुन राई, प्रधानमन्त्री कार्यलयका सचिवालय सदस्य होम थापा का साथै स्थानिय सहितको टोलिले अनुगमन गरेको थियो ।