उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको जङ्गल अतिक्रमणको चपेटामा परेको छ ।

गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनानिक वन यतिवेला स्थानिय वासिकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ ।

करिव डेढ दशक अगाडी रतुवा खोलामा आएको वाढीलाई रोक्नकालागी तत्कालिन जिल्ला विकास समितीले जलश्रोत ऐन अनुसार सार्वजनिक जग्गामा रतुवा चिस्यानी वाढी पिडीत सेवा प्रकोप व्यवस्थापन समितीको नाम बाट सो वनको स्थापना गरीएको थियो ।

पछिल्लो समय वन संरक्षण समितीले वन संरक्षण गर्न नसक्ने भन्दै जिल्ला समन्वय समिती झापा र कमल गाउँपालिकामा समिती खारिजकालागी निवेदन दिए सगै सो क्षेत्रका स्थानिय वासीले रातारात वन फाड्न थालेपछि वन अतिक्रमणको चपेटामा पर्न थालेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अकृत सुवास श्रेष्ठले बताउनु भयो ।

जङ्गल अतिक्रमणमा परेको सुचना पाएपछि सुरक्षाकर्मि सहित त्याहाँ पुग्दा वनमा रहेका अधिकाँस रुख काटेर स्थानियले आ आफ्नो घरमा लगीसकेको रहेछ । आगामि दिन त्यसो नगर्न र वनलाई संरक्षण गर्न वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाको अध्यक्षतामा वडा सदस्य र उपभोक्ताको तर्फ बाट सदस्य थपगरी समिती बनाएको अकृत श्रेष्ठले बताउनु भयो ।

सुरक्षाकर्मि सहित गाउँपालिकाको प्रविधिक टिम वनमा पुग्दा वनमा धेरै नोक्सानी गरेको पायौं । स्थानिय वासि वाट वनमा अत्यन्तै ठुलो क्षती पुर्याउन मिल्दैन थियो । हामिले वन क्षेत्रको

नापजाँच गरेका र्छौ । अव स्थानिय वासी सग छलफल र परामर्श गरी वनक्षेत्रलाई घेरावारा गर्ने वन संरक्षणमा सबै जुट्ने छौं । यदी कसैले वनलाई हानी नोक्सानीहुने कार्य गरेमा कानुनी कारवाहि गरीने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताउनुभयो ।

विधुवा रतुवा खोला दोभान देखी चाँजु खोलाको दोभान सम्म ४४ विघा क्षेत्रफलमा फैलिएको वनलाई स्थानिय ४० देखी ५० घर धुरीले वनलाई उपयोग गर्दै आएका छन् । जनसहभागीताको आधारमा वन व्यवस्थापन गर्दै वन संरक्षण गर्ने हो भने गाउँपालिका र स्थानिय वासि लावान्भित हुने सहायक वन अधिकृत एकराज दाहालले बताउनुभयो ।


