कमल । कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक कार्यक्रमका बिच छात्रवृत्ति वितरण गरेको छ ।
एसईई पछिको प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई गाउँपालिकाले विनियोजित को कोषबाट छात्रवृत्ति रकम वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा कमल २ स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयका २५ जना र कमल ७ स्थित सरस्वती माध्यमिक विद्यालयका २० जना गरी जम्मा ४५ जना प्राविधिक विषय अध्यायनर विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति रकम उपलब्ध गराइएको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य न्यौपानेले जानकारी दिनुभयो ।

कमल गाउँपालिका क्षेत्रभित्र बसोबास भएका र एसईई पछिको प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई गाउँपालिका कोषबाट छात्रवृत्ति रकम वितरण गरेको हो । वितरित छात्रवृति पाउनेमा महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरूलाई प्रति विद्यार्थी ११ हजार ३ सय ६३ र सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजार ७ सय ९५ रुपैयाका दरले गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले छात्रवृत्ति रकम वितरण गर्नु भएको थियो ।
महेन्द्र रत्न माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ तर्फको सव ओभरसियर र सरस्वती माध्यमिक विद्यालयमा कृषि र पशुविज्ञान विषय पढाइ हुने गरेको छ ।