उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिका ५ मा जंङ्गली हात्तिका कारण मृत्यु भएका मृतकका परिवारलाई राहात रकम प्रदान गरिएको छ ।
२०७७ साल साउन २३ गतेका दिन रातमा सुतिरहेको अवस्थामा आएको जङ्गली हात्तिका कारण मृत्यु भएका ६३ वर्षिय रोहित रेग्मिकी श्रीमती निर्मला रेग्मिलाई राष्ट्रिय प्रकृति संरक्षण कोष द्वारा उपलब्ध गराईएको ५० हजार रुपैया कोषका कार्यक्रम अधिकृत विरेन्द्र गौतम, डिभिजनल वन झापाका अधिकृत विष्णुलाल घिमिरे र कमल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर वहादुर निरौलाले संयुक्त रुपमा प्रदान गर्नु भएको थिया ।

हात्तिका कारण मृत्यु भएका परिवारलाई राज्यले १० लाख रुपैया दिने भनिएपनि आफुले ५० हजार मात्र पाएको र आफ्नो बोलिदिने मान्छे नभएका कारण आफु अन्यायमा परेको मृतककी श्रीमती निर्मला रेग्मिले गुनासो गर्नु भयो
सरकारी वा सार्वजनिक जग्गामा बसोवास गर्ने व्याक्तिले कुनै पनि जङ्गली जनवारका कारण मानिसको मृत्यु भएमा राहात पाउने कानुनि व्यास्था नरहेको तर पनि मानिस र जनवार प्रतिको सम्बन्धले गर्दामा यो रकम पिडिका परिवारलाई प्रदान गरेका डिभिजनल वन झापाका अधिकृत विष्णुलाल घिमिरेले बताउनु भयो ।
सबै कुरा आफुलो सोचे जस्तो हुँदैन विधि र परिधिमा रहेर काम गर्नुपर्ने हुन्छ । वडाकार्यलयमा आएर राहात रकम प्रदन गर्ने सस्था र राहात रकम बुझिदिने दुबैलाई वडा अध्यक्ष डम्वर बहादुर निरौलाले धन्यवाद दिनुभयो
अहिले पनि सो सार्वजनिक जमिनमा ३२ परिवारले वसोवास गरिएका छन् । सम्बन्धित पक्षले ति सुकुम्वासी परिवारलाई बेलैमा व्यास्थित नगर्ने हो भने फेरी पनि यस्ता घटना नदोरिएलान् भन्न सकिदैन