झापा । झापा गाउँ पालिका स्तरीय स्थानीय तह कर्मचारी मंञ्च तदर्थ समिति गठन भएको छ ।
झापा गाउँपालिकाका प्रशासन शाखा अधिकृत हिमाल मिश्रको अध्यक्षतामा भएको भेलाले गाउँपालिकाका शिक्षा शाखा अधिकृत कर्मचारी जिबन ढकालको संयोजकत्वमा १३ सदस्य तदर्थ समिति गठन भएको छ ।
समितीको सह संयोजकमा महेश बराल, सचिव हिमाल मिश्र, सह सचिव मनीष गुरागाईं तथा कोषाध्यक्ष प्रतिमा रिमाल चयन हुनुभएको हो ।
त्यसैगरी सदस्यहरुमा बिमस राई, लक्ष्मण बी क, रामजी अधिकारी, चंद्रमणि तिमसीना, अम्बिका गौतम, नारायण चमलागाईं, युवराज दाहाल, र रीता बर्देवा चयन भएको नव गठीत समितीका सहजकर्ता तथा झापा जिल्ला तदर्थ समिति सह संयोजक पूर्ण चन्द्र मैनाली (उदय) ले जानकारी दिनु भयो । कार्यक्रमको सहजीकरण मंञ्चका जिल्ला तदर्थ समिति सह संयोजक पूर्ण चन्द्र मैनालीले गर्नु भएको थियो ।

कार्यक्रममा झापा गाऊँ कार्यपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जीवन निरौला, नेपाल राष्ट्रीय कर्मचारी संगठन निजामती झापा जÞिल्ला सचिव प्रेम न्यौपाने, अखिल नेपाल करार ज्यालादारी संगठन झापाका उपाध्यक्ष दीपेन्द्र न्यौपाने, पालिका स्वास्थ्य संयोजक लक्ष्मण बी क लगायतले शुभकामना मंतव्य राख्नु भएको थियो ।
शुभकामना मंतव्य रखदै प्रमुख प्रकाशकीय अधिकृत निरौलाले कर्मचारी संगठनले ब्यबसायिकता अंगाल्दै आफ्नो पेशागत हकÞहित को पक्षमा सामूहिक सौदाबाजÞी गर्नु पर्ने बताउनु भयो । साथै नव गठित समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो भने नेपाल राष्ट्रीय कर्मचारी संगठन निजÞामती झापा जÞिल्ला सचिब प्रेम न्यौपाने ले कर्मचारीको पीड़ामा मलम लगाउने र साझा समस्याका विषयमा आवाजÞ उठाउने कार्यमा समितिले अघी बढ़ने मा बिस्वास व्याक्तगर्नु भयो ।