कमलमा श्रीमान् द्धारा श्रीमतीको हत्या

झापाको कमल गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ ।
सामान्य घरायसी विवाद बढ्दै गएपछि रिसले आक्रोसित भएका श्रीमानले खुकुरी प्रहार गर्दा २४ वर्षीय रिता थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउनुभयो ।
शनिबार पौने पाँच बजे श्रीमतीको हत्या गरी थापाले प्रहरी चौकी तोपगाछीमा आएर आत्मासमर्पण गर्नुभएको प्रहरीले जनाएको छ ।
थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेकोले जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

Back to top button