केर्खामा यात्रु सहायता कक्ष स्थापना

कमल, २६ असोज÷ नजिकिदै गरेका चाडवाडमा हुन सक्ने सवारी दुर्घटना न्युनिकरण र यात्रुको सुविधाकालागी सोमवार एक कार्यक्रमका बिच केर्खामा यात्रु सहायता कक्ष स्थापना गरीएको छ ।
चाडपर्व नजिकिदै जाँदा सडकमा भिडभाड बड्ने तथा सवारी दुर्घटनाका कारण हुन सक्ने धनजनको क्षतीलाई न्युनीकरण गर्नकालागी प्रहरी चौकि केर्खा र ट्राफिक प्रहरी पोष्ट केर्खाको पहलमा यात्रु सहायता कक्ष स्थापना गरीएको प्रहरी चौकी केर्खाका ईन्चार्ज राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 68-1024x472.jpg


यदी कुनै यात्रुलाई यातायत व्यावसायी बाट दुव्यवार भएमा बा सरकारले तोकेको भाडा दर भन्दा बढी रकम लिएमा तुरुन्तै ट्राफिक प्रहरी लाई खवर गरेमा त्यास्ता यातायात व्यासायीलाई कार्वाहिहुने ट्राफिक प्रहरी पोष्ट केर्खाका ईन्चार्ज लेखनाथ यादवले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is dc-1-1024x472.jpg


कार्यक्रममा स्थानिय टोल विकास सस्थाका प्रतिनिधी, शिक्षक, बजार व्यावस्थान समितीका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

Back to top button