उमानाथ भण्डारी
कमल,५कात्तिक । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको जङ्गल दिनानुदिन अतिक्रमणको चपेटामा परेको छ ।
गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनानिक वन यतिवेला स्थानिय वासिकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समय वन संरक्षण गर्न गठीत समितीले वन संरक्षण गर्न नसक्ने भन्दै जिल्ला समन्वय समिती झापा र कमल गाउँपालिकामा समिती खारिजकालागी निवेदन दिए सगै सो क्षेत्रका स्थानिय वासीले रातारात वन फाड्न थालेपछि वन अतिक्रमणको चपेटामा पर्न थालेको गाउँपालिकाकाले जनाएको छ ।

करिव डेढ दशक अगाडी रतुवा खोलामा आएको वाढीलाई रोक्नकालागी तत्कालिन जिल्ला विकास समितीले जलश्रोत ऐन अनुसार सार्वजनिक जग्गामा रतुवा चिस्यानी वाढी पिडीत सेवा प्रकोप व्यवस्थापन समितीको नाम बाट सो वनको स्थापना गरीएकोभएपनि पछिल्लो समय सो समिती खारेज गरेर वनको संरक्षण गर्ने जिम्मा कमल गाउँपालिकालाई दिएपनि वनको संरक्षण हुन सकेको छैन ।

जङ्गल अतिक्रमणमा परेको सुचना पाएपछि सुरक्षाकर्मि सहित त्याहाँ पुग्दा वनमा रहेका १ सय ९२ वटा रुख काटेको पाईएको गाउँपालिकाले जनाएको छ । काटिएका रुखको मुल्य ६ लाख ८० हजार रुपैया भन्दा बढी रकम रहेको सहायक वन अधिकृत एकराज दाहालले जानकारी दिनुभयो ।
पछिल्लो समय समुदायीक वनको संरक्षणगर्ने जिम्मा स्थानिय पालिकालाई जिम्मा दिएसगै वनको संरक्षणगर्ने वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाको अध्यक्षतामा समिती गठनगरि सकेको र अव तुरुन्तै वन क्षेत्रलाई घेरावारा गरीने कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले बताउनु भयो ।

विधुवा रतुवा खोला दोभान देखी चाँजु खोलाको दोभान सम्म ४४ विघा क्षेत्रफलमा फैलिएको वनलाई स्थानिय ४० देखी ५० घर धुरीले वनलाई उपयोग गर्दै आईरहेका छन् ।