कमल,कात्तिक २५। कमल गाउँपालिकामा रहेका वालबालिकाको वालअधिकार सम्वन्धि कार्यविधि तथा रणनितीक योजना निर्माण सम्बन्धि सोमवार सरोकारवाला सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालवालीका को हुन् ?यिनिहरुको हेरचाहा कसरि गर्ने ? स्थानिय तह र बालवालिका बिचको सम्बन्ध कस्तो रहने विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
त्यसैगरी कार्यक्रममा स्थानिय शासन कार्यान्वयन कार्यविधि २०६८मा उल्लेख भएका सुचकहरुमध्ये बालसंरक्षण सम्बन्धिका सुचकमा उल्लेख भएका सुचकहरु मध्ये ५ वर्ष मुनिका सबै वालकालिकाको जन्मदर्ता भएको हुने, वाल विवाहमा कमि, नकिृष्ट प्रकारको वालश्रमको दर घट्ने, परिवार र समाज बाट बालबालिका विरुद्ध हुने हिंसामा कमि, वालवालिका बेचविखन,शोषण ,दुव्यवहार ,घरेलु हिंसा ,कम गर्नका लागी कार्ययोजना तयार गरी कार्यन्वयनमा ल्याईने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा शिक्षा,स्वस्थ्य,वालश्रम सम्वन्धि को जिम्वेवार हुने बालवालीकाको गाउँपलिकामा रहेका बालवालीकाको बालअधिकार,बालसंरक्षण तथा सम्वद्र्धनका लागी भएको अन्तरक्रिया कार्यक्रममा स्थानिय विध्यालयका शिक्षक, वाल सन्जालका प्रतिनिधी, सुरक्षाकर्मि,स्वस्थ्यकर्मि , स्थानिय उद्योग वाणिज्य संघका प्रतिनिधी लगाएतको उपस्थितीमा रहेको थियो ।
कमल गाउँपालिका महिला तथा बालवालिका शाखाको आयोजनामा भएको कार्यक्रमलाई एस. संकल्प नेपाल प्रा.ली.का प्रवन्ध निर्देशक सुमन अधिकारीले सहजीकरण गर्नुभएको थियो ।