सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो बोलको म्युजिक भिडियो सार्वजनिक

उमानाथ भण्डारी

कमल , मंसिर २÷तिहारमा ढकमक्क फुलेको सयपत्री फुललाई समेटेर सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो बोलको तिहार गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो झिलिमिली दियो बल्दा हाम्रो मनमा खुसी छायो” बोलको म्युजिक भिडियो कोरोनाको कहरका बिच सार्वजनिक गरिएको छ ।
स्थानिय गाउँ समाजमा खेलिने द्यौसिभैलो साथै गाउँघरका दृश्यलाई समेटेर अत्यन्तै सुन्दरदृश्यमा छायाँङ्घन गरिएको यस म्युजिक भिडियोले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ ।
विजय अधिकारीको शब्द रहेको म्युजिक भिडियोमा कैशाल थापा मगरले अत्यन्तै सुमधुर संगित दिनुभएको छ भने कैलाश थापा र सुशिला पाठकको मिठो स्वर रहेको म्युजिक भिडियोले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ ।

This image has an empty alt attribute; its file name is hg.jpg


समन अधिकारीको निर्देशन रहेको यस म्युजिक भिडियोमा म्युजिक एरेन्ज फरज अर्पणको रहेको छ ।


तिहार गीत
गीत( सयपत्रीको…
शब्द ः विजय अधिकारी
सयपत्रीको सौन्दर्य बोकी तिहार चाड आयो
झिलिमिली दियो बल्दा हाम्रो मनमा खुसी छायो

एकताको सन्देश छर्दै शरद ऋतु मुस्कुराउँछ
उमङ्गको तरङ्गले सबमा सद्भाव जगाउँछ
दीपावलीले सजिएको छ प्यारो हाम्रो देश
दौरा सुरुवाल गुन्यु चोली हामी नेपालीको भेष

माइतीलाई पर्खिँदैछन् चेलीहरू सबै जुटी
आँगनीमा द्यौसे भैली बुढीआमा पोल्छिन् रोटी
विदेसिएका युवाहरूलाई तिहारले बोलाउँछ
स्वदेशको सम्झनाले उनीहरूको आँसु झर्छ

Back to top button