लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमगरी मनाउन सुरु

उमानाथ भण्डारी

कमल, मंसिर ८÷ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमगरी मनाउन सुरुगरिएको छ ।
”लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सवैको ऐक्यवद्धता “भन्ने नाराका साथ झापाको कमल गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्यवद्धता जनाउदै गाउँपालिकामा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

हरेक वर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमगरी मनाउदै आएकोमा यो वर्ष कोभिड १९ का कारण औपचारीक कार्यक्रम सन्चालन हुन सकेन् । तर पनि गाउँपािलकाका सातै वडा वडामा ऐक्यवद्धता जनाउदै हस्ताक्षर गर्ने कार्यक्रम रहेको कमल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख रेनुका गौतमले जनाकारी दिनुभयो ।

सन् १९६० नोभेम्वर २५ मा ल्याटिन अमेरीकाको डोमिनिकन गणतन्त्रका राफेल टुजिलो नामक तानाशाहीले ३ जना मिरावल दिदि बहिनी पेट्रिया, मारिया र मिनर्वाहरुलाई त्यहाँका गरेको क्रुर हत्याको सन्दर्भलाई सम्झने गरिन्छ । सोही घटनाको सम्झनामा सन् २००० देखी यो दिनलाई महिला माथि भएको (लैंगिक) हिंसाको रुपमा लिई संयुक्त राष्ट्रसंघ बाट नै निर्णय भई संसार भरि अन्तराष्ट्रिय महिला विरुद्धको हिंसा उन्मुलन दिवस नोभेम्वर २५ लगायत १६ दिने अभियान मनाउन थालिएको हो ।
त्यसैगरी कार्यक्रमको १६ औं (अन्तिम) दिन लाई अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाउन थालिएको हो । यसका साथै संयुक्त राष्ट्रसंघबाट सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणपत्र जारी भएको दिन भएकोले पनि यो दिन महत्वपूर्ण रहेको भनाई छ ।

लैंगिक हिंसा भनेको के हो ?


कुनै व्यक्तिले महिला वा पुरुष वा तेस्रो लिंगि भएका आधारमा (लिंगका आधारमा) कसैमाथि घर, समाज तथा कार्यस्थलमा गर्ने शारिरीक, मानसिक, आर्थिक तथा यौनजन्य पीडा वा क्षति पु¥याउने कार्य नै लंैगिक हिंसा हो ।
हाम्रो समाज पितृसत्तात्मक सामाजिक संरचना भएको कारणले धेरै जसो महिला माथि हिंसा, घरेलु हिंसा, बालविवाह, बहुविवाह, बलात्कार, हत्या, तेजाव आक्रमण, बोक्सीको आरोप, यौन दुव्र्यवहार, बाल दुव्र्यवहार, जवरजस्ती गर्भपतन, दाइजो, बेचविखन तथा ओसारपसार, कार्यस्थलमा हुने दुव्र्यवहार जस्ता क्रियाकलाप हुने गरेको पाइन्छ । यस्ता कार्य गर्नु वा गराउनु कानुन विपरित हुनेछ । यस्ता कार्य गर्ने वा गराउने जो सुकैलाई कानुन बमोजिम दण्ड सजाय हुने कानुनी व्यवस्था छ ।

आजको यस दिनमा मेरो प्रतिवद्धता र सेतो रिवनको अर्थ


ड्ड म हिंसा गर्दिन
 म हिंसा सहन्न ,
 हिंसा भएको देखेमा प्रतिकार गर्नेछु
आजै बाट लैंगिक हिंसा विरुद्ध बोलौ।


किनभने


 मैंले नबोले कसले बोल्ने,
 अहिले नबोले कहिले बोल्ने,
 यहाँ नबोले कहाँ बोल्ने।

लैंगिक हिंसा विरुद्ध अवको गन्तव्य


ड्ड हिंसामुक्त समाज निर्माण गर्न सवै जना प्रतिवद्ध हुनुपर्दछ ।
 कुरिति र अन्धविश्वास हटाउनु पर्दछ ।
 सकारात्मक सोचको विकास गर्नुपर्दछ ।
 लैंगिक हिंसाको विषय महिलाको मात्र हो भन्ने गलत सोचको अन्त्य हुनुपर्दछ
 महिलालाई साधनको रुपमा हेर्ने सोचको अन्त्य हुनुपर्दछ
 महिलाहरुले पनि आफुलाई सक्षम बनाउन सुचना शिक्षा सञ्चारमा पहुँच स्थापना गर्ने साथै व्यवसायिक वन्ने प्रयत्न गर्नुपर्दछ ।

Back to top button