उमानाथ भण्डारी
कमल , मंसिर २५÷ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमका अवसरमा कमल गाउँपालिकाको तर्फ बाट आयुस्मा सोडारीलाई सम्मान गरेको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत गत हप्ता “लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका” विषयमा आदर्श नारी विकास केन्द्र र आर्दश गृह नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय बत्तृmत्वकला प्रतियोगीतामा झापाको कमल गाउँपालिका वडा नम्वर ४ स्थित सरस्वती माध्यमिक यिध्यालय कक्षा ९ मा अध्यायनरत छात्रा आयुष्मा सोडारी द्वतिय हुनुभएको थियो ।

राष्ट्रिय बत्तृmत्वकला प्रतियोगीतामा द्वतिय भएर गाउँपालिको नाम उच्च राखेको भन्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्ले उपाध्यक्ष वेनु सिवाकोटी महिला तथा वालबालिका शाखा प्रमुख रेनुका गौतम लगायतको टोली उनि अध्यायनरत विध्यालयमा पुगेर सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा नेपाल सरकारको उत्कृष्ठ सुचिमा रहेका ७ वटै प्रदेशका करिब ४० वटा विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्यायनरत विध्यार्थिलाई सहभागीताकोलागी निमन्त्रणा गरेपनि प्रविधिक समस्याका कारण २२ जना विध्यार्थि मात्र सहभागी रहेको र वाहाँहरुले जुमको माध्यम बाट आ आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको आयोजकले जनाएको छ ।
सहभागी विध्यार्थि मध्ये तनहँु स्थित सत्यज्योती माध्यमिक यिध्यालय कक्षा ९ मा अध्यायनरत छात्र गौरव साकोटा प्रथम , चितवन स्थित नारायणी नमुना माध्यमिक यिध्यालय कक्षा ९ मा अध्यायनरत छात्रा शुभेक्षा लामा द्वतिय र कमल गाउँपालिका वडा नम्वर ५ स्थित मंगलमय माध्यमिक विध्यालय कक्षा ९ मा अध्यायनरत छात्रा रन्जना बस्नेत सान्त्वना हुनु भएको थियो ।
प्रतियोगितामा प्रथम द्वतिय,तृतिय र सान्त्वनाहुने विध्यार्थि लाई क्रमस प्रथम १० हजार, ७ हजार , ५ हजार र ३ हजार नगद बाट पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।