उमानाथ भण्डारी
कमल , पुस ३÷ कोभिड १९ का कारण भएको लकडाउनले करिव ९ महिना घरबाट टाडा अथवा बासै बस्नेगरीको यात्रामा गईएको थिएन । यसै विच बासै बस्नेगरी त्यो पनि नयाँ ठाउँमा जाने एउटा प्रस्ताव आयो घरवाट टाडा नगएको पनि लामो समय भएकोले आएको प्रस्तवलाई समर्थन गर्दै सहमती गरीयो ।
शुक्रवार (मंसिर २६) दिउसो पौने २ बजे केर्खा बाट हामी तिन जाना म, विवश बलिभद्र कोईराला र लक्ष्मि ओझा बाटो लाग्यो तर म र लक्ष्मि लाई हामी काहाँ जादै छौ र कार्यक्रम के हो ? भन्ने बारेमा सबै कुराको जानकारी थिएन भन्ने विशवलाई हामि भन्दा अलिधेरै नै जानकारी थियो किन भने विवशले नै हामीलाई जाउँ भने पछि हामी पछि लागेका हौं । हामि सरसर सालवारी स्थित कवि तथा शिक्षक मन बहादुर लिम्बिु ( अभागी थेगुवा)को घरमा पुग्यौं । वहाँ हाम्रो प्रतिक्षामा हुनुहुँदो रहेछ ।

हामि त्याहाँ पुग्नासाथ मन बहादुर जी ले चिया बाट स्वगत गर्नु भयो । त्यस पछि खाजाका लागी आग्रह गर्नुभयो । हामी पनि के कम बल्लबल्न ९ महिनामा घर छोड्न पाएको वहाँको प्रस्तव सकिन नपाउदै सहमती गरिहाल्यौं । झन्नै १ घण्टा भएछ खाजा खान बसेको त्यस विचमा विवश र मन बहादुर जी ले हाम्रो टिमका नाईके मुनराज शेर्मा ( शिक्षक , कवि तथा समालोचक ) लाई सम्पर्क गर्नु भयो । वहाँले हामिहरुलाई मेचि राजमार्गको हापेन्ट चोकमा पर्खि रहेको कुरा जानकारी प्राप्त भयो ।
जब हाम्रो भेट मुनराज शेर्मा सग भेट भयो त्यस पछि हाम्रो ५ जनाको टोली मेचि राजमार्गको हापेन्ट चोक बाट पुर्व तर्फ लाग्यो । शान्तिनगरमा पुगेपछि स्थानिय आयोजक प्रमोद खतिवडा सहितको आयोजक मित्रहरु सँग भेट भयो त्याँहा समान्य परिचय भयो ।
त्यस पछि थाहा भयो झापाको बुद्धशान्ति गाउँपालिका र ईलामको रोङ्ग गाउँपालिकाका बिच ग्रामिण पर्यटन प्रवद्र्धनको प्रचार प्रसार गरी पर्यटन संग सम्बन्धित क्षेत्रहरुको पैचानगरी भविश्यमा केकस्ता कार्यक्रम गर्न सकिन्न भनेर झापा क्षेत्र नम्वर १ ख का संघिय सांसद माननिय सुरेन्द्र कार्कि (राम कार्कि) को प्रमुख अतिथ्यतामा हुने पद यात्रा कार्यक्रममा पत्रकार तथा कवि हरुलाई निम्ता गरिएको रहे छ र आफु पनि त्यहि टोलीको एक दिने सदस्य भएको थाहा भयो ।
परिचयकै क्रममा यतिकुरा थाहा पाएपछि आयोजक सहित ८ जनाको हाम्रो टोली ईलामको रोङ्ग गाउँपालिका वडा नम्वर ५ स्थित पुलामि डाँडा होमिस्टे तर्फ लाग्यो । हाम्रो टोली करिव पौने ६ बजे पुलामी डाँडा होमस्टेमा पुग्यौ ।

हामी पुग्ना साथ पुलामी डाँडा होमस्टे प्रवद्धन समितीको तर्फ बाट हाम्रो स्वगतमा गरिएको क्याप्प फाएर , यसका साथै स्थानिय ठाउँमै उत्पादन गरेको लोकल वाईन र लोकल भालेका परिकाले हामिलाई स्वागत गर्नु भएको थियो । पुलामी डाँडा होमस्टेको हामि पहिलो पाउनु भएकोले स्वगत सत्कार पनि राम्रो पायौं ।
भोलीपल्ट अथवा मंसिर २७ गते विहान सयपत्री फुलको माला लगाएर हामिलाई विदाई गर्नुभयो । हामी ग्रामिण पर्यटन प्रवद्र्धन समितीका साथमा पदयात्रा तर्फ लाग्यौं । पदयात्राका क्रममा जोर साँगु, ठुटेवर, सतिगौडा, कमेरे माउण्टेन, चिसापानी डाँडा, महानन्द सापकोटाको जन्म स्थाल देबान्छाप ,खपाङ्घी टार, मुर्चुङ्गे बजार, छावा झर्ना लगायतका ठाउँमा जानुपर्ने तालिका भएपनि समय अभावका कारण हामी सबै ठाउँमा पुग्न सकेनौ ।

पुलामी डाँडा होमस्टेको विषेशता
पुलामी डाँडा होमस्टे रोङ्ग गाउँपालिकाको वडा नम्वर ५ मा पर्दछ । यो स्थान समुद्री सतह बाट ९ सय १८ मिटरको उचाईमा अवस्थित छ । याहाँ जान मेची राजमार्गको हापेन्ट चोक बाट पुर्व शान्तिनगर , ठुटे वर हुदै करिव १५ किलो मिटरको यात्रा गरेपछि याँहा पुग्न सकिन्छ । यस ठाउँकोे विषेशता भनेको सुर्योदय र सुर्यअस्त एउटै स्थान बाट देख्न सकिन्छ भने झापा ,ईलाम र भारतको विभिन्न भागको दृश्यावलोकन गर्न सकिने पुलामी डाँडा होमस्टे प्रवद्धन समितीका संयोजक दल बहादुर पुलामीले बताउनु भयो । यसका साथै स्थानिय स्तरमा नै उत्पादन गरेको लोकल वाईन र लोकल भालेको सुपका पारखीकालागी भने यो ठाउँ झनै रमाईलो हुने छ ।

चिसापानी डाँडा
रोङ्घ गाउँपालिक वडा नम्वर ५ मा स्थित चिसापानी डाँडा समुद्री सतह देखी १ हजार १ सय ८९ मिटरको उचाईमा पर्दछ । देवान राजाले गढिमा रहेका आफ्ना शैनिकको निरिक्षणकालागी जाने मुख्य सडकको रुपमा यस डाँडालाई लिने गरिएको पाईन्छ । यस ठाउमा रातको समयमा घुँगरु लगाएको घोड हिडेको आवाज आउने गरेको स्थानिय बताउछन् यो डाँडा बाट झापा ,ईलाम लगायत भारतका विभिन्न ठाउँहर को अन्यन्तै सुन्दर दृश्याअवलोकन गर्न सकिन्छ ।

जोर साँगु
बुद्धशान्ति गाउँपालिकाको वडा नम्वर ६ मा स्थित जोर साँगु जिल्लाकै लामो झोलुङ्गे पुलमा पर्दछ । दुईवटा पुल एकै ठाउमा पर्ने भएकोले यस ठाउँको नाम जोर साँगु रहन भएको हो । याहाँ बाट प्राकृतिक रुपमा अत्यन्तै मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । लेप्चा जातीले पुजागर्ने धार्मिक स्थाल पनि यसै ठाउँ पर्छ भने जिल्लाकै उत्कृष्ट अलैचि खेतीपनि यसै ठाउँमा रहेको छ ।
मुर्चुङ्घे बजार
रोङ्घ गाउँपालिक वडा नम्वर ५ मा रहेको मुर्चुङ्घे बजार र नजिकै रहेको ऐतिहासिक देविथान र प्राचिन गुफा पर्यटन आकर्षणको केन्द्र बन्दै छ । प्रचानिकालमा गाईगोरु चराउनजाने गोठालाले स्थानिय बोट विरुवाको पातलाई बेरेर मुर्चुङ्घा जस्तो बजाउने गरेका कारण यस ठाउको नाम मुर्चुङ्घे बजार रहन गएको हो । सुरुमा अत्यान्तै डरलाग्दो स्थान रहेको यस स्थानमा क्रमस बस्ति विकास हुँदै गएको र पछिल्लो समय यो ठाउँमा बजारको समेत स्थापना भईसकेको छ ।

ठुटे वर
बुद्धशान्ति गाउँपालिकाको वडा नम्वर ६ मा स्थित ठुटेवरको आफ्नो छुट्टै पैचान छ । यो बर कसैले जमिनमा नरोपी ठुटा बाट पलाएको हुनाले यस ठाउँकोनाम ठुटेबर रहन भएको भन्ने भनाई छ । करिव ३ सय वर्ष पुरानो अत्यन्तै ठुलो वरको रुख भएकोले यसलाई सबैले चिन्ने गरेको छ । यो ठाउँमा परापुर्वकाल देखीनै धाननाच हुने र त्यहिबाट विवाहहुने चलन थियो । अहिले पनि उभौली र उदौली पुजा हुने गर्दछ । नयाँ अन्न पाख्नासाथ यसै टाउँमा भेलाभएर सामुहिक रुपमा न्वागी खाने चलन छ । प्रवासी नेपाली हरुले पनि ठुटेवर भन्ने वित्तिकै चिन्ने गरेको पाईन्छ ।

छावा खोल्सी झर्ना
रोङ्ग गाउँपालिका वडा नम्वर ३ र ५ को सिमानामा पर्ने छावा खोल्सी झर्ना भिमकाय चट्टानका बिच बाट बगेको छ । प्राकृतिक रुपमा अत्यन्तै सुन्दर यस टाउँमा पुग्ने जो काहीलाई प्राकृतिक सुन्दरताले लोभ्याउन सक्छ । विदाका समयमा घुम्न र वनभोज खान जानकालागी समेत यो झर्ना उपयुक्त रहेको छ ।
ग्रामिण पर्यटन प्रवद्र्धन समिती संयोजक प्रमोद खतिवडा का साथमा झापा क्षेत्र नम्वर १ ख का संघिय सांसद सुरेन्द्र कार्कि , समाजसेवि सदिक्षा कार्कि, राजेन्द्र चिमरिया, वुद्धशान्ति गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य लेखनाथ निरौला, रोङ्घ गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष युवराज राई लगायत स्थानियको उपस्थितीमा मुर्चुङ्घे बजार मा हाम्रो टिमका साहित्यकार मुनराज शेर्मा, विवश वलिभद्र कोईराला, मन बहादुर लिम्बु ( अभागी थेगुवा ) सोमदत्त राई लगाएतले अत्यन्तै मिठा गित तथा कविता प्रस्तुत गर्नु भएको थियो ।
रोङ्घ गाउँपालिका ५ र वुद्धशान्ति गाउँपालिकाका ६ मा रहेका प्रकृतिक सम्पदालाई नोक्सान नगरी यस ठाउँको विकास गर्न आवश्यक छ । बाहिर बाट आउने पर्यटकले प्रकृतिक सुन्दरताको अनुभव गर्न पाएमात्र यस ठाउँमा पर्यटन व्यसायको विकास हुने झापा क्षेत्र नम्वर १ ख का संघिय सांसद सुरेन्द्र कार्कि बताउनुहुन्छ ।