कमल,पुस ७ ÷ एक कार्यक्रमका बिच कमल गाउँपालिकामा कार्यरत जनस्वस्थ्य निरिक्षकलाई विदाई गरिएको छ ।
कमल गाउँपालिका वडा नम्वर छ स्थित लखनपुर स्वस्थ्य चौकीमा कार्यरत जनस्वस्थ्य निरिक्षक मेनुका पौडेललाई गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनु सिवाकोटी वडा नम्वर छ का वडा अध्यक्ष नरेन्द्र भट्टराई लगायत कार्यरत स्वस्थ्य कर्मिले फुलमाला, अविर तथा खादा लगाएर विदाई गर्नुभएको थियो ।


२०६६ साल देखी नेपाल सरकारको स्वस्थ्य मन्त्रालय अन्तरगत कन्चनपुर स्थित बेलडारी प्राथमिक स्वस्थ्य चौकि बाट सेवा प्रवेश गरि २०७० सालदेखी तत्कालिन तोगाछी गाउँपालिकामा कार्यरत पौडेल २०७३ साल देखी लखनपुर स्वस्थ्य चौकिमा कार्यरत हुनुहुन्थ्यो ।