कमल , पुस १० ÷ आन्तरिक राजस्व कार्यलय दमकको आयोजना र कमल उद्योग वाणिज्य संघको व्यवस्थापनमा आज कमल गाउँपालिकाको केर्खामा एक दिने कर शिक्षा तथा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ ।
“स्वस्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन ः विकास सम्मृद्धि र सुशासन” भन्ने नाराका साथ कमल गाउँपालिकामा व्यापार व्यावसाय तथा उद्योग सन्चालन गर्दै आउनु भएका व्यावसायी लाई व्यक्तिगत तथा व्यवसायीक स्थायी लेखा नम्वर लिने प्रक्रिया, खरिद विक्री खाता,सामान खरिद विक्री गर्दा अनिवार्य विल विजक लिनु दिनु पर्ने,आर्थिक ऐन २०७७ ले गरेका विषेश छुट व्यवस्थाका ,करचुक्ता विवरण लगायतका विषयमा आन्तरिक राजस्व कार्यलय दमकका कर अधिकृत देवेन्द्र कुमार लिम्वुले सहजीकरण गर्नु भएको थियो ।

नेपाल सरकारको बजेट भाषणमा उल्लनेख भए अनुसार चालु आर्थिक वर्षको फागुन महिना सम्ममा कर विवरण भर्न छुट भएका करदाताले विवरण बुझाएमा स्किम अनुसार व्याज र हर्जाना छुट हुने आन्तरिक राजस्व कार्यलय दमकका प्रमुख डमरु परापुलीले बताउनु भयो ।

कार्यक्रममा व्यवसायीका तर्फ बाट अग्नि प्रसाद कोईराला, राम दाहाल, युवराज पाठक, एपिलाल ईङ्गनाम लगायतले व्यवसाय सन्चालन गर्दा कर सम्वबन्धि देखिएका समस्याका बारेमा जिज्ञासा राख्नुभएको थियो ।