उमानाथ भण्डारी
कमल पुस २१ ÷ १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले प्रदेश सरकार जनतालाई आधारभुत शिक्षा उपलब्ध गराउन लागीपरेको बताउनु भएको छ ।
झापाको कमल गाउँपालिका वडा नम्वर २ समयगढ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयको निर्माणधिन नयाँ भवनको शिलान्यास पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले यस्तो बताउनु भएको हो ।

हामिले विकास निर्माण धेरै गर्रयौ अझै पनि विकास निर्माणका काम तिव्र गतिमा भैरहेका छन् । तर विकासले मात्र पुग्दैन , भएको विकासलाई परिचालन र सदुपयोग गर्न शिक्षा अनिवार्य आवश्यतामा पर्छ । हिजोको जस्तो स्यौला र धुलामा बसेर आज शिक्षा हाँसिल गर्न सकिदैन समय अनुसार आधुनिक र सुविधा सम्पन्न भवनमा बसेर विध्यार्थिले अध्यान गर्न पाउनु पर्छ ।

त्यसकालागी संघिय सरकार बाट प्राप्त रकमले यो भवन निर्माण हुन लागेको हो । सो भवन गुणस्तर मापदण्ड अपनाएर समयमा नै पुराहुने मन्त्री कार्किले विश्वस व्याक्त गर्नुभयो ।
संघिय सरकार बाट प्राप्त २ करोड ५० लाख मध्ये १ करोड ६५ लाख ६८ हजार ८७७ स्पैयामा ठेक्का सम्झौता भएको १४ कोठे भवन २०७८ साल असार १० गते निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले (पोख्रेल)को अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेनु शिवाकोटी वडा नं. १ का वडाध्यक्ष केदार कटुवाल , २ का तारानाथ न्यौपाने ४ का प्रेमबहादुर राईको उपस्थिती रहेको थियो ।
कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले सन्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाले शाब्दिक शब्दले स्वागत गर्नु भएको थियो भने गाउँपालिका शिक्षा समितिका सदस्य राजनबहादुर ढुङ्गाना शुभकामना मन्तव्य राख्नुभएको थियो ।