कमल , मंसिर २५ ÷कमल नगर जेसिजको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कमल नगर जेसिजले छाटो समयमा सफलता प्राप्त गर्न सफल भएको छ । यस ठाउका युवाहरु आज जेसिजमा लागेर समाजमा केहि उदारणिय काम गर्न सफल भएका छन् । समाज पविर्तनका लागी युवाहरुको भुमिका महत्वो पुर्ण हुन्छ । त्यसैले १६ देखी ४० वर्ष सम्मका युवाहरुलाई समाजप्रति उत्तरदाईत्व बहनगर्न सक्ने बनाएर समाज रुपान्तरणका लागी पठाउने सस्था भनेकै जेसिज भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका पुर्व अध्यक्ष जेसिआई सिनेटर प्रकास अधिकारीले बताउनु भयो ।

कार्यक्रममा सस्थापक अध्यक्ष जेसि रुपनारायण न्यौपाने, सस्थापक महासचिव तथा अजिवन सदस्य जेसी उमानाथ भण्डरी , पुर्व अध्यक्ष तथा निर्वाचन समिती संयोजक जेसी केदार कटुवाल र जेसी शेखर न्यौपाने लगायतले वार्षिक साधारणसभा तथा २०२१ का लागी निर्वाचतहुन लागेका नयाँ समितीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कमल नगर जेसिज वर्ष २०२०का अध्यक्ष जेसि हेम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तिलरुपा सुबेदी (दाहाल)ले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य दिनुभएको थियो भने महासचिव गोपाल खनाले सन्चालन गर्नुभएको थियो ।