उमानाथ भण्डारी
कमल , मंसिर २८ ÷ कमल नगर जेसिज वर्ष २०२१ कालागी अध्यक्षमा जेसि छत्रपति खनाल(गोपाल) निर्वाचित हुनुभएको छ ।
कमल नगर जेसीजको स्थापना कालदेखीनै सक्रिय रुपमा जेसिजमा आवद्ध भएर विभिन्न जिम्मेवारी पुरागरि सक्नु भएका खनालले २०१५—२०१६ मा कोषाध्यक्ष, २०१७ मा साधारण सदस्य, २०१८ मा उपाध्यक्ष २०१९मा कार्यकारिणी उपाध्यक्ष र२०२० महासचिवको जिम्वेवारी पुरा गरिसक्नु भएका खनाल वर्ष २०२१का लागी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

वहाँ सगै निर्वाचनमा अध्यक्षमा प्रत्यासि बन्नुभएका जेसी विष्णुभक्त लामिछाने र जेसी तिलरुपा सुवेदी (दाहाल) उपविजेता हुन भएको निर्वाचन समितीका संयोजक केदार कटुवालले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी भिम अधिकारी र देवि प्रसाद दाहाल निर्वाचित हुनुभयो भन जेसी सन्तोष कडरिया उपविजेता बन्नुभएको निर्वाचन समितीले जनाएको छ ।
उपाध्यक्षमा जेसी तिर्थ पौडेल, जेसी प्रविण खड्का,,जेसी नविन भण्डारी, जेसि रमा पाठक तालिम निर्देेेशक जेसी युवराज पाठक र जनसम्पर्क अधिकारीका लागी जेसी कमला दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको संयोजक कटुवालले बताउनुभयो ।
पुर्वअध्यक्ष तथा आजिवन सदस्य गरी जम्मा ४२ मत रहेको कमल नगर जेसिजमा ४० मत खसेको थियो जसमध्ये अध्यक्षमा २ मत र कार्यकारिणी उपाध्यक्षमा ६ मत बदर भएको निर्वाचन समितीले जनाएको छ ।