कमल , मंसिर २९ ÷ झापाको कमल गाउँपालिकामा मंगलवार बाट राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन काम सुरुगरेको छ ।

नेपल सरकारले आफ्ना नगरिकको समपुर्ण विवरण अध्यावधिक गर्ने उद्येश्यले राष्ट्रिय परिचय पत्रकोको फोटो खिचाउन सुरु भएको छ । यो काम कमल गाउँपालिकामा २० दिन सम्म रहने गाउँपालिकाले जनाएको छ ।

राज्यका सम्पुर्ण नगरिकको सुरक्षा व्यावस्था, सामाजिक कृयाकलाप, राज्यबाट प्रदान गरिने सेवामा एकरुपता,वित्तिय अवस्था लगाएतका सम्पुर्ण गतिधिलाई व्यवस्थित गर्नका लागी नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन काम सुरुगरेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।