सरकारको असंवैधानिक कदम विरुद्ध कमलमा काँग्रेसको प्रदर्शन

उमानाथ भण्डारी

कमल , पुस ०३÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदम विरुद्ध आज देशव्यापी रुपमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध शनिवार देशव्यापी रुपमा कांग्रेसले प्रर्दशन गरेको हो ।

This image has an empty alt attribute; its file name is gu-1024x472.jpg


प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले देशव्यापीरुपमा ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने क्रममा आज झापाको कमल गाउँपालिकामा समेत काग्रेसले विरोध प्रदर्शन गरेको छ ।
कमल गाउँपालिकाको केर्खा बजारमा भएको विरोध प्रदर्शनमा पुर्व महामन्त्री सदस्य तथा हाल क्षेत्रीय प्रतिनिधी राजन ढुङ्गाना, जिल्ला सदस्य हुकुमसिंह राई, क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, आमन्त्रिीत केन्द्रिय सदस्य दिलिप राई लगायतले संसद विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनु भएको छ ।
नेपाली कंग्रेस कमल गाउँसभापति खगेन भण्डारीको सभापतित्वमा भएको कार्यक्रमलई सचिव महेन्द्र बुढाथोकीले सन्चालन गर्नु भएको थियो ।

Back to top button