उमानाथ भण्डारी
उमानाथ भण्डारीकमल , माघ १० ÷ पर्याटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले आफ्नै दलका नेताले सरकारलाई कामगर्न अवरोध गरेका कारण प्रधानमन्त्रीले प्रतिनिधीसभा विगठन गरेको बताउनु भयो ।
झापाको कमल गाउँपालिका ५ स्थित गुराँगाई प्रतिष्ठानको सभाहलमा सम्पन्न अखिल नेपाल महिला संघ झपा जिल्ला स्तरिय कार्यकर्ता भेला लाई सम्वोधन गर्ने क्रममा मन्त्री ढकालले यस्तो बताउनु भएको हो ।

सरकार काम गर्न खोज्छ पाटि रोक्छ जसका कारण यो अवस्था अएको हो । यदि यस्तै अवस्था रहि रहेमा पाँच वर्ष पछि चुनावमा जाँदा जनतालाई के भन्ने बरु अहिले वास्तविक कुरा लिएर जनताका सामु गएमा जनताको ताजा जनादेश दिएर कामगर्न अवसर प्रदान गर्ने मन्त्री ढकालले बताउनु भयो ।
सरकारले घोषणा गरेकै मितीमा चुनाव पक्काहुने भएकोले कार्यकर्तालाई चुनावमा लाग्न समेत मन्त्री ढकाल निर्देशन दिनुभयो ।

साथीहरुले सडकमा कालो झण्डा देखाउन थालेकोले वहाहरुका दिन कालो हुन थालेका छन् ।हामि उज्यालो चाहान्छौ ्त्यसैले सुर्य चिन्न आफ्नै हुने समेत मन्त्री ढकालले बताउनु भयो ।
त्यसैगरी नेतृ विन्दा पाण्डेले अव नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बेला आएको बताउदै । महिला सम्वन्धि विधेयक ल्याए पनि आफ्नै दलका नेताका कारण प्रतिनिधीसभा बाट पासहुन नसकेको बताउनुभयो । नेतामा अझैपनि उत्कृष्ट विचार र संस्कार नभएकोले अवको चुनावमा संस्कार सहित उत्कृष्ट विचार भएका नेतालाई मत दिएर जिताउनुपर्ने नेतृ पाण्डेले बताउनुभयो ।
कार्यक्रममा नेकपा नेता देवराज घिमिरे, एकराज कर्कि, प्रेम गिरी, चिन्तन पाठक, सोम पोर्तेल, होम वहादुर थापा,ईन्द्र भण्डारी,मेनुका काफ्ले लगायतको उपस्थिती रहेको थियो ।
अखिल नेपाल महिला संघ झपा जिल्ला उपाध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिला ढुङ्गेलले सन्चालन गर्नुभएको थियो ।