कमल, माघ १२÷कमल नगर जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिकामा ५ स्थित होटल रोडस्टार एण्ड पार्टी प्यालेस आईवार साँझ कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका वर्ष २०२१ का अध्यक्ष जेसी अरुणेश्वर खनालले कमल नगर जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन पछि मन्तव्यको क्रममा बेल्दै अध्यक्ष खनालले जेसीजमा लागेका युवालाई तालिम प्रदानगर्ने उद्येश्यले क्षेत्रिय तालिम प्रतिष्ठान स्थापना गरिने नेपाल जेसीजको लक्षरहेको बताउनु भयो । त्यसैगरी जेसीज बाट प्राप्तहुने अवसर अन्तरगत व्यवसायको सुरुवात ,व्यासायीक सम्बन्ध, समुदय प्रति जेसीजको भुमिका र अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न आवश्यक भएकोले सम्पुर्ण जेसीज सदस्य त्यस तर्फ लाग्न आवश्यक रहेको अध्यक्ष खनालले बताउनुभयो । देश भरमा रहेका १ सय ६१ वटा शाखालाई आत्मनिर्भर बनाउनका लागी विभिन्न कार्यक्रम सन्चालन गरिने समेत अध्यक्ष खनालले बताउनु भयो ।

देशमा परिवर्तन ल्याउन युवा लाग्ने बेला आएको छ । यसकालागी मानव विकास अनिवार्य छ । विकासकालागी नेतृत्व विकासहुन आवश्यक छ । सिप र नेतृत्व विकासका लागी तालिम प्रदान गर्न नेपाल जेसीज तयार रहेको अध्यक्ष खनालले जनाकारी दिनुभयो ।
कमल नगर जेसीजले सामाजिक काम मात्र गरेको छैन । विपदका समयमा समेत उल्लेखनिय कामगरेको छ । कतीपय युवाहरु लागु औषधीको कुलतमा फसिरहेको अवस्थामा जेसीसमा लागेर थुप्रै युवाहरुले समाज रुपान्तरणका लागी काम गरेको छ । जसले समाज रुपान्तरणमा सहयोग पुगेकोे कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल जेसीज वर्ष २१ मा कार्यकारीणी उपाध्यक्ष जेसी अरुण कुमार दाहाल, वर्ष १७ का अध्यक्ष जेसीआई सिनेटर प्रकास प्रसाद अधिकारी , महासचिव जेसी विकास मानन्धर उपाध्यक्ष सुनिल तिम्सिना र प्रनिसा काफ्ले दमक जेसीज वर्ष २० का अध्यक्ष जेसी कमल कटुवालले कमल नगर जेसीजले गरेका कामको प्रशंसा गर्दै नव निर्वाचित सदस्यलाई बधाई तथा कार्यकाल सफताको शुभकामना दिनुभएको थियो ।
त्यसैगरी पदहस्तान्तरण कार्यक्रम गौरादह जेसीजका अध्यक्ष जेसी तारा कुमार श्रेष्ठ, शिवसताक्षीका जेसीजका अध्यक्ष जेसी कुमार सिंह साँवा, विर्तामोड जेसीजका अध्यक्ष जेसी विकास पौडेल, वाहुन डाँगी जेसीजका अध्यक्ष जेसी सागर कार्कि लगायत झापा तथा मोरङ्ग मा रहेका जेसीजका विभिन्न शाखा बाट अध्यक्ष तथा पदाधीकारी, कमल नगर जेसीजका सदस्य ,विभिन्न संघ सस्थाका प्रतिनिधी , अजिवन सदस्य गरी तिनसय जना भन्दा बढीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रको पहिलो सत्र कमल नगर जेसीज वर्ष २० का अध्यक्ष जेसी हेम दाहालको अध्यक्षमा भएको कार्यक्रमलाई महासचिव गोपाल खनाले सन्चालन गर्नु भएको थियो भने कार्यक्रमको दोश्रो खण्ड वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनाल को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नव निर्वाचित महासचिव महेश भण्डारीले सन्चालन गर्नु भएको थियो ।

कमल नगर जेसीज वर्ष २०२१ को टिम
कमल नगर जेसीज को वर्ष २०२१ का लागी अध्यक्षमा गोपाल खनाल कार्यकारिणी उपाध्यक्षमा जेसी भिम अधिकारी र देवि प्रसाद दाहाल , उपाध्यक्षमा जेसी तिर्थ पौडेल, जेसी प्रविण खड्का,जेसी नविन भण्डारी, जेसी रमादेवी पाठक महासचिव जेसी महेश भण्डारी , कोषध्यक्ष मिलन सापकोटा,कानुनि सललाकार जेसी रिजु कार्कि, तालिम निर्देशक जेसी युवराज पाठक र जनसम्पर्क अधिकारी जेसी कमला दाहाल अध्यक्षको प्रमुख सल्लकार नारायण बस्नेत निर्वाचित हुन भएको छ । नव निर्वाचित समितीलाई निर्वाचन समितीका संयोजक केदार कटुवालले सफथ ग्रहण गराउनु भएको थियो ।