कमल,फागुन २÷ कमल नगर जेसीजले शाखाका पदाधिकारी तथा नयाँ सदस्यलाई लोम अफिसियर प्रि ईन्डक्सन ट्रेनिङ्ग प्रदान गरेको छ ।

कमल गाउँपालिका ३ स्थित जेसीजको सचिवालयमा शनिवार सम्पन्न तालिममा कमल नगर जेसीजका पदाधिकारी तथा नयाँ सदस्यलाई दमक जेसिज वर्ष १७ का अध्यक्ष जेसि गोविन्दराज कट्टेलले सहजिकरण गर्नु भएको थियो ।

कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालको अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख अतिथी कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, मात्री शाखा दमक जेसिज वर्ष २१ का अध्यक्ष जेसी सुयोग खरेल ,गौरादह शाखा वर्ष २१ का अध्यक्ष जेसी एकराज घिमिरे , कमल नगार जेसिज वर्ष २० का अध्यक्ष जेसी हेम दाहाल लगायले तालिम सफलताको शुभमाना दिनुभएको थियो ।

कमल नगर जेसीज वर्ष २१ का महासचिव जेसी महेश भण्डारीले सन्चालन गरेको कार्यक्रमा उपस्थित अतिथी लगायत सहभागीलाई उपाध्यक्ष जेसी प्रविण खड्काले शाब्दिक द्वारा स्वगत गर्नुभएको थियो ।