कमल , फागुन ८ ÷ लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको संयुक्त आयोजनामा आज केर्खा बजार सरसफाई गरिएको छ ।
“आफ्नो चुलो–चौका, घर आँगनदेखी चोक बजार सफ राखौं, आफ्नो अमुल्य जिवन स्वस्थ्य बनाऔं ” भन्ने नाराका साथ बजार सरसफाई गरिएको लायन्स क्लव अफ केर्खाका अध्यक्ष लायन अग्नि प्रसाद कोईरालाले बताउनु भयो ।

आफ्ना घर तथा पसल बाट निस्किएको फोहोर आफैले व्यवस्थान गर्न सकेमात्र टोल सफाहुन्छ टोल सफाभए बजार सफाहुन्छ त्यसैले आजैबाट आफ्नो घरको फोहोर आफैले सफागरौ भन्दै कार्यक्रममा उपस्थित सहभागीले घर धनि तथा व्यवसायीलाई सुझाव दिनएका थिए ।

सरसरफाई कार्यक्रममा ३ नम्वर वडा कार्यलयका अध्यक्ष नरप्रसाद दंगाल, कमल उद्योग वाणिज्य संघ , केर्खा बजार व्यवस्थापन समिती , कमल नगर जेसिज, डीपीएल कमल, लगायत स्थानिय संघ सस्थाका प्रतिनिधी तथा सुरक्षाकर्मि लगाएको उपस्थितीमा बजार सरसफाई गरिएको थियो ।