उमानाथ भण्डारी
कमल, फागुन १५ ÷ दिनप्रतिदिन बढी रहेको विषदी प्रयोगलाई न्युनिकरण गर्दै आग्यनिक उत्पादन तर्फ लाग्न कृषकलाई प्रोत्साहन गर्ने उद्येश्यले झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच विषादि प्रयोग मुक्त सप्ताह २०७७ लाई समापन गरेको छ ।
विषदि न्युनिकरणका लागी हामिले सुरुमा कृषकमाज जनचेतना मुलक कार्यक्रम सन्चालन गरेका छौ । अहिले समुहका हरेक सदस्य सचेत भएका छन् । सुरुमा कम उत्पादन भएपनि अहिले उत्पादन बढ्न थालेको छ । विषदि रहित उत्पादन बजारमा विक्रि गर्दा समेत बढी मुल्यमा विक्रि हुनेभएकोले कृषक उत्साहित भएको कमल गाउँपालिकामा अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

विषादि रहित उत्पादनमा कृषी ज्ञानकेन्द्र झापाले स्थानिय तह सगको सहकार्यमा विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ । यसका साथै कृषकलाई विषादि रहित उत्पादनमा विभिन्न सहयोग गरेको कृषी ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो ।
कृषकले कम्तिमा एक हप्ता विषादिको प्रयोगलाई बन्दगर्ने । विषदि प्रयोग गर्दा सुरक्षित विषादि मात्र प्रयागगर्ने । कृषकले विषदि प्रयोग गर्दा वैकल्पिक विषदी प्रयोगरगरेर समेत उत्पादन बढाउन सकिने भएकोले अवका दिनमा कृषकलाई त्यस तर्फ लाग्न प्रोत्साहन गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधी सहित विभिन्न कृषक समुहका प्रतिनिधिले विषादि न्युनिकरण सम्बन्धि सचेतानामुल प्ले कार्ड सहित र्यालीमा सहभागी भएका थिए ।
कार्यक्रममा विषादि न्युनिकरण सम्वन्धि चेतनामुलक अन्तर समुह गायन प्रतियोगितामा प्रथम ज्योति आईपिएम कृषक समुह कमल २ ,द्वतिय हातेमालो कृषक समुह कमल ५ र तृतिय साना किसान कृषि सहकारी कमल ७ भएका थिए । प्रतियोगितामा विजेतालाई कृषी उपकरण बाट पुरस्कृत गरिएको कृषि प्रविधिक प्रेम पोख्रेलले जानकारी दिनुभयो ।